गौतमबुद्ध नगर, 17 सेप्टेम्बर (हि.स.)। जिल्ला गौतम बुद्ध नगरमा 1,83, 060 मानिसहरूले आयुष्मान योजनाको लाभ उठाइरहेका छन्। योजनाको लाभ उठाउने हजारौं रोगीहरूलाई निःशुल्क उपचार प्राप्त भइसकेको छ। स्वास्थ्य विभागानुसार शासनद्वारा जिल्लामा 2,96,802 कार्ड बनाउने लक्ष्य निर्धारण गरिएको छ।
जिल्ला आयुष्मान योजनाका नोडल अधिकारी डाक्टर सञ्जीव सारस्वतले बताए, लाभार्थीहरूलाई योजनासित जोड़्नका लागि जागरूकता अभियान संचालन गरिँदैछ। सरकारी अस्पतालहरूमा विशेष हेल्प डेस्क बनाइएको छ जहाँ मानिसहरूले त्यैबेला आफ्नो कार्ड बनाउन सक्नेछन्। उनले बताए, कार्डधारकहरूलाई प्रत्येक वर्ष पाँच लाख रुपियाँसम्मको निःशुल्क उपचार सरकारी तथा सूचीबद्ध अस्पतालहरूमा उपलब्ध छ। उनले बताए, योजना अन्तर्गत कार्ड बनाउने प्रक्रिया अहिले जारी छ।
स्वास्थ्य विभागले मानिसहरूसित अपील गरेको छ, यदि उनीहरू यस योजनाका पात्र हुन् र अहिलेसम्म कार्ड बनाएका छैनन् भने नजिकैको जन सेवा केन्द्र वा सरकारी अस्पतालमा गएर आफ्नो पञ्जीकरण गराउन्। उनले भने, यदि आयुष्मान कार्डबाट उपचारमा कुनै समस्या भइरहेको छ भने मानिसहरूले उनीसित सोझै सम्पर्क गर्न सक्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा