सोनापुर पुलिसले पाँच डाँकालाई गऱ्यो पक्राउ
सोनापुर पुलिसले पाँच डाँकालाई गऱ्यो पक्राउ


गुवाहाटी, 17 सेप्टेम्बर (हि.स.)। राजधानीको सोनापुर पुलिसले पाँचजना डाकाहरूलाई पक्राउ गरेको छ। सोनापुर पुलिसले बुधवार बतायो, गए राती सोनापुर पुलिस र जोराबाट पुलिसद्वारा संचालित संयुक्त अभियानमा डाँकाहरूलाई पक्राउ गरियो। यी डाँकाहरूको पहिचान मेघालयको री-भोई जिल्ला निवासी मेक्सपिल के मराक, ट्रेनिट संगमाऔर विजय थांगथियु एवं असमको बरपेटा जिल्ला निवासी नूर मोहम्मद अली र सोनापुरको सुबेल संगमाको रूपमा भएको छ।

पक्रा पर्ने डाँकाहरूले केही समयअघि सोनापुर पुलिस स्टेशन अन्तर्गत 13 माइल निवासी दीपक हजारिकाको घरमा डाँका हालेका थिए। त्यसपछि पीड़ित दीपकद्वारा सोनापुर पुलिसमा सिकायत दर्ता गरियो। सोही सिकायतको आधारमा पुलिसले जाँच गरिरहेको छ। यसै क्रममा पुख्ता सूचनाको आधारमा गए राती डाँकाहरूलाई पक्राउ गर्न पुलिस सफल भएको छ। यी आरोपीहरूबाट पुलिसले घटनासित सम्बन्धित एउटा एयर गन, एउटा फलामको कटारी, धारिलो वस्तु, मोबाइल फोन र दुई वटा चार चक्के वाहन, नगत राशि एवं सुनका गहनाहरू जफत गरेको छ। घटनाको सन्दर्भमा सोनापुर पुलिसको जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande