जौनपुर,17 सेप्टेम्बर (हि.स.)। सुहेलदेव भारतीय समाज पार्टी (सुभासपा)-ले बुधवार एआईएमका प्रदेश अध्यक्ष शौकत अलीविरूद्ध कलेक्ट्रेट परिसरमा व्यापक प्रदर्शन गर्दै नाराबाजी गऱ्यो। शौकत अलीले सार्वजनिक मञ्चबाट महाराजा सुहेलदेवलाई लुटेरा भनेका थिए।
सुभासपाका राष्ट्रिय महासचिव जय प्रकाश सिंहले भने, महाराजा सुहेलदेवले आक्रान्ता सैय्यद सलिम मसुद गाजीलाई पराजित गरी देश र समाजको रक्षा गरेका थिए। प्रदर्शनकारीहरू अनुसार शौकत अलीको बयान तथ्यहीन र साम्प्रदायिक विद्वेष फैलाउने किसिमको छ।
पार्टी नेताहरूले जिल्लाधिकारी तथा पुलिस अधीक्षकलाई ज्ञापन सुम्पिए। उनले शौकत अलीविरूद्ध मानहानी र साम्प्रदायिक सौहार्द बिगारेको आरोपमा कारबाही गर्ने माग गरे।
ज्ञापनमा भनियो, महाराजाव सुहेलदेव करोड़ौं मानिसहरूको आस्थाका प्रतीक तथा राष्ट्र रक्षक थिए। भारत सरकार अनि उत्तर प्रदेश सरकारले उनको नाममा डाक टिकट जारी गरेको छ। साथै ट्रेन, मेडिकल कलेज एवं स्मारक पार्क पनि स्थापना गरेको छ। सुभासपा नेताहरूले भने, यदि शौकत अलीविरूद्ध कारबाही भएन भने व्यापक आन्दोलन गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा