उच्च शिक्षण संस्थानमा 837 करोड़को घोटालाः सुकान्तले भने- न्यायालमा साँचो कुरा उजागार हुनेछ
उच्च शिक्षण संस्थानमा 837 करोड़को घोटालाः सुकान्तले भने- न्यायालमा साँचो कुरा उजागार हुनेछ


कोलकाता, 19 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालको मौलाना अबुल कलाम आजाद प्रौद्योगिकी विश्वविद्यालय (माकाउट)- मा व्यापक वित्तीय अनियमितताहरू भएको खुलासा भएको छ। केन्द्रिय शिक्षा राज्यमन्त्री तथा बंगाल भाजपाका पूर्व अध्यक्ष सुकान्त मजुमदारले दाबी गरेका छन्, अडिट रिपोर्टमा सार्वजनिक धनलाई विश्वविद्यालयद्वारा व्यापक रूपमा दुरूपयोग गरिएको खुलासा भएको छ।

मजुमदारले शुक्रवार वित्तीय अनियमिततासित सम्बन्धित दस्तावेजहरूलाई सोशल मीडिया प्लेटफर्म एक्समा साझा गरेका छन्। उनले दाबी गरेका छन्, लगभग 837 करोड़ रुपियाँ हिनामिना भएको सामु आएको छ। यसमा 342 करोड़ रुपियाँ हिसाब-किताब बिनै अन्य ठाउँमा खर्च गरियो, 128 करोड़ रुपियाँको लागि उपयोगिता प्रमाण पत्र समेत जमा गरिएन, 96 करोड़ रुपियाँको सामग्री किनमेलमा उच्च मूल्य देखाइएको छ, 214 करोड़ रुपियाँ अग्रिम दिइयो, तर काम पूरा भएन तथा 57 करोड़ रुपियाँ नक्कली वा दोहोऱ्याइएका लाभार्थीहरूको नाममा खर्च गरियो।

उनले आरोप लगाए, यो सोझै रूपमा करदाताहरूको पैसाको लुट हो र जवाफदाही शून्य छ। यस मामिलामा एक जनहित याचिका (पीआईएल) पनि कलकत्ता उच्च अदालतमा दर्ता गरिएको छ। अदालतको डिभीजन बेञ्चले सम्बन्धित अधिकारीहरूलाई हलफनामा दर्ता गर्ने निर्देश दिएको छ भने सुनवाई पूजाको अवकाशपछि हुनेछ।

मजुमदारले ट्वीट गरी भने, “837 करोड़ रुपियाँको लुट भएको छ। साँचो कुरा अदालतमा उजागार हुनेछ र न्याय अवश्य पाइनेछ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande