भुवनेश्वर महिला कन्स्टेबलको हत्याकाण्ड ‘रेड फ्ल्याग’ घोषित, अपराध शाखाका डीजीपीले जाँचको निगरानी गर्ने
भुवनेश्वर महिला कन्स्टेबलको हत्याकाण्ड ‘रेड फ्ल्याग’ घोषित, अपराध शाखाका डीजीपीले जाँचको निगरानी गर्ने


भुवनेश्वर, 19 सेप्टेम्बर (हि.स.)। महिला ट्राफिक कन्स्टेबल शुभमित्राको हत्याकाण्डमा ठूलो मोड़ आएको छ। यस मामिलालाई ‘रेड फ्ल्याग’ श्रेणीमा सामेल गरिएको छ। साथै जाँच अब अपराध शाखा (क्राइम ब्राञ्च)- का महानिदेशकको प्रत्यक्ष निगरानीमा हुनेछ। यसबाट मुख्य आरोपी दीपक राउतमाथि कानूनको निगरानी अझ कसिएको छ।

अपराध शाखा सूत्रले पुष्टि गरेको छ, अहिलेसम्ममा राजधानी थाना र खंटुनी थाना पुलिसद्वारा जुटाइएका सबै प्रमाण तथा इनपुटको पुनः गहन जाँच गरिनेछ। साथै अपराध शाखाले पुलिस आयुक्तालयलाई जाँचमा हरसम्भव सहयोग प्रदान गर्नेछ।

महत्वपूर्ण कुरा के हो भने अपराध शाखाले आरोपी दीपक राउतकी पहिलो पत्नी अर्पणाको संदिग्ध मृत्युलाई पनि शुभमित्रा हत्याकाण्डसित जोड़ेर व्यापक तथा उच्च स्तरीय जाँच गर्ने निर्णय लिएको छ।

स्मरण गराइन्छ, शुभमित्रा गत 6 सेप्टेम्बरदेखिकै बेपत्ता भएकी थिइन् र 17 सेप्टेम्बरमा उसको सड़िसकेको शवलाई ओंझार जिल्लाबाट उद्धार गरिएको थियो। बढ़्दो जनाक्रोशलाई मध्यनजर गर्दै अबयस मामिलालाई विशेष निगरानीमा राखिएको छ। महिला एवं बाल अपराध एकाईले पनि यस जाँचको निगरानी गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande