कोलकाता, 19 सेप्टेम्बर (हि.स.) । दुर्गा पूजापूर्व तृणमूल कंग्रेसका विधायक सुकुमार देको एउटा भीडियो सोशल मीडियामा भाइरल भएको छ। यसमा उनलाई आफ्नो क्षेत्रका क्लबहरूलाई चेताउनी दिँदै गरेको देखिएको छ।
उनले भनिरहेका छन्, पूजा पण्डालहरूको लागि सरकारद्वारा अनुदान दिइँदैछ त्यसैले पण्डालमा मुख्यमन्त्री ममता ब्यनर्जीको तस्वीर राख्न अनिवार्य हुनेछ। उनले यो पनि भने,यदि कुनै क्लबले उनको कुरालाई मानेन भने आगामी वर्ष त्यस क्लबलाई सरकारी अनुदान दिइनेछैन।
यस्तो भीडियो सामु आउनसाथ राजनीति तातिएको छ। राज्यका नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले यसमाथि तीव्र प्रतिक्रियाव्यक्त गरेका छन्। शुक्रवार उनले सुकुमारको भीडियो ट्वीट गरी तृणमूल विधायकमाथि हमला गरे। उनले भने, जनताको करबाट जुटाएको धनराशि पार्टीको जागीर होइन। अधिकारीले कटाक्ष गर्दै भने,विधायक सुकुमार देले अनुदानलाई आफ्नो वा आफ्नो पार्टीको सम्पत्ति ठानिरहेका छन् जबकि यो पैसा जनताको कमाईबाट आएको हो।
शुभेन्दु अधिकारीले अझ भने, आगामी वर्षको राजनीति आगामी वर्ष नै हुनेछ, तर यो सोच्नु कि तृणमूल सदैव सत्तामा रहनेछ, गलत हो। उनले विधायकलाई चेताउनी दिँदै भने, सत्ताको घण्टमा यसरी हठधर्मी र दबावको भाषालाई जनताले सहन गर्ने छैनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा