रिज पार्कस्थित स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियम सर्वसाधारणका लागि खुला
रिज पार्कस्थित स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियम सर्वसाधारणका लागि खुला


गान्तोक, 19 सेप्टेम्बर (हि.स.)। राजधानीको रिज पार्कस्थित स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियम सर्वसाधारणका लागि खुला भएको छ। अर्किडेरियम एक अत्याधुनिक प्रदर्शनी स्थल हो, जहाँ फूल प्रेमीहरूले विभिन्न प्रकारका अर्किडका प्रजातिहरूको आनन्द लिन सक्छन्।

शहरी विकास विभाग अन्तर्गत रिज पार्क प्रबन्धन समितिले स्थानीय मानिसहरूका साथै पर्यटकहरूलाई अर्किडेरियम अन्वेषण गर्न हार्दिक स्वागत जनाएको छ। अर्किड विविधता र सौन्दर्यको अद्वितीय केन्द्रको उद्घाटन 29 मई, 2025 का दिन प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा भर्चुअल माध्यमद्वारा उद्घाटन गरेका थिए।

यो अर्किडेरियम 17 सेप्टेम्बर, 2025 का दिन सेवा पखवाडाको शुभारम्भको क्रममा राज्यपाल र मुख्यमन्त्रीले सर्वसाधारणका लागि खुला गरेका थिए। स्वदेशी र विदेशी अर्किडहरूका प्रजातिहरू, क्यूआर-आधारित प्रवेश प्रणाली, ज्येष्ठ नागरिकहरू र पर्यटकहरूसँग आउने गुरुजीहरूको लागि नि:शुल्क प्रवेश अर्किडेरियमका मुख्य आकर्षणहरू रहेको बताइएको छ।

अर्किडेरियम बिहान 11 बजीदेखि सॉंझ 6 बजीसम्म खुला रहने जानकारी गराइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande