कोलकाता, 19 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालमा बूथ लेभल अफिसर (बीएलओ)- को नियुक्तिलाई लिएर नयाँ विवाद सामु आएको छ। राज्यका मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालयले जिल्ला स्तरमा सबै अधिकारीहरूलाई सतर्क रहने निर्देश दिएको छ ताकि कुनै राजनीतिक दलता पदाधिकारी वा अस्थायी सरकारी कर्मचारीको नाम गल्तीले पनि बीएलओको सूचीमा सामेल नगरियोस्।
यो मामिला त्यसबेला प्रकाशमा आयो जतिबेला नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले आरोप लगाए, उत्तर 24 परगना जिल्लाको हसनाबाद ग्राम पञ्चायतमा तृणमूल कंग्रेसका अञ्चल अध्यक्ष रमेश चन्द्र दासलाई बीएलओ नियुक्त गरियो। अधिकारी अनुसार दास तृणमूल कंग्रेसको पदाधिकारी मात्र नभएर राज्य सरकारको स्कूलमा अस्थायी सहायक शिक्षक पनि हुन्।
शुभेन्दु अधिकारीले यस चयनलाई दोहोरो गड़बड़ी बताए। पहिलो-बीएलओको लागि अस्थायी कर्मचारीको नियुक्ति चुनाउ आयोगको नियमविरूद्ध छ। दोस्रो- राजनीतिक दलका पदाधिकारीलाई यस संवेदनशील जिम्मेवारी दिनु सोझै रूपमा पक्षपातको संकेत हो। उनले आरोप लगाए, यस नियुक्तिमा योग्य तथा स्थायी शिक्षकहरूलाई अदेखा गरी राजनीतिक पक्षधरता देखाइएको छ।
नेता प्रतिपक्षको आपत्ति पश्चात सीईओ कार्यालय सक्रिय भयो अनि सबै जिल्ला प्रशासनलाई निर्देश दिइएको छ कि उनीहरूले आ-आफ्नो सूचीको पुनःजाँच गरून्। यस्तो गड़बड़ी पाइए सम्बन्धित व्यक्तिलाई तुरून्त हटाउने आदेश दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा