हावड़ा स्टेशनमा टिकट जाँच अभियान, 665 यात्री समातिए
हावड़ा स्टेशनमा टिकट जाँच अभियान, 665 यात्री समातिए


कोलकाता, 19 सेप्टेम्बर (हि.स.)। हावड़ा स्टेशनमा गए बिहीवार रेलवे म्याजिस्ट्रेटको निगरानीमा व्यापक टिकट जाँच अभियान संचालन भयो। यस विशेष अभियानको उदेश्य टिकट बिना वा गलत टिकटमा यात्रा गर्नेहरूमाथि रोक लगाउनु थियो ताकि यात्रीहरूलाई सुविधा र रेलवेलाई उचित राजस्व प्राप्त हुन सकोस्।

अभियानमा 53 जना टिकट जाँच कर्मी, 8 जना रेलवे सुरक्षा बलका जवान औ 2 जना सरकारी रेलवे पुलिस कर्मी सामेल थिए। यस अवधि टीमले यात्रीहरूको टिकटको गहन जाँच गऱ्यो अनि नियमहरूको उल्लंघन गर्नेहरूमाथि तत्काल कारबाही गऱ्यो।

पूर्व रेलवेद्वारा शुक्रवार बताइेको छ, जाँच अवधि 665 मामिला समातियो जसमा 452 जना यात्रीलाई टिकट बिनै यात्रा गरेको पाइयो। अन्य मामिलामा टिकट अनियमितता, गलत टिकटवा अन्य उल्लंघनहरू पाइयो। घटनास्थलमै आरोपीहरूबाट 2 लाख 20 हजार 9 सय 90 रुपियाँ जरीमा असुल गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande