गुवाहाटी, 19 सेप्टेम्बर (हि.स.)। असम पुलिसले साइबर अपराध औ राष्ट्रविरोधी गतिविधिहरूविरूद्ध कड़ा कदम चाल्दै ‘अपरेशन घोस्ट सिम’ नामक विशेष अभियान संचालन गरेको छ जसलाई राज्यको विशेष कार्य बल अर्थात स्पेशल टास्क फोर्स (एसटीएफ)-ले परिणामसम्म पुऱ्याइरहेको छ।
बितेका केही महिनादेखि संचालित यस अभियान अन्तर्गत एसटीएफले अवैध रूपमा मोबाइल सिम कार्ड उपलब्ध गराउने गिरोहको भण्डाफोर गरेको छ जसले जिहादी एवं आतंकवादी समूहहूसम्म यो सिम कार्ड पुऱ्याइरहेको थियो। अहिलेसम्ममा एसटीएफले राष्ट्रविरोधी गतिविधिहरूसित जोड़िएका 13 जना मानिसहरूलाई पक्राउ गरिसकेको छ भने यिनीहरूबाट 13 सयभन्दा अधिक सिम कार्डहरू जफत गरिसकेको छ।
यस अतिरिक्त ठूलो संख्यामा नक्कली आधार कार्ड, मतदाता परिचय पत्र तथा अन्य जाली दस्तावेज पनि जफत गरिएको छ। यी नक्कली दस्तावेजहरूको माध्यमबाट आरोपीहरूले काल्पनिक नाममा सिम कार्ड जारी गराइरहेका थिए। जाँचमा खुलासा भएको छ, यसै सिम कार्डको प्रयोग साइबर अपराध तथा अन्य गैरकानूनी काममा पनि गरिँदैथ्यो साथै यसलाई आतंकवादी तत्वहरूसम्म पनि पुऱ्याइँदैथ्यो। यसैबीच असम पुलिसको अनुरोधमा दूरसंचार विभागले अहिलेसम्ममा 953 वटा सिम कार्डलाई निष्क्रिय बनाइदिएको छ। यस सम्पूर्ण मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा