वाराणसी, 19 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको वाराणसीमा शुक्रवार सिगरास्थित आई.पी. मलमा प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जीवनमाथि आधारित फिल्म “अजय”-लाई हेर्न हिन्दू युवा वाहिनी (हियुवा)-का कार्यकर्ताहरू उर्लिए। फिल्म हेर्ने क्रममा कार्यकर्ताहरूमा विशेष उत्साह देख्न पाइयो। पर्दामा योगी आदित्यनाथको संघर्षपूर्ण जीवन, गोरखनाथ मन्दिरदेखि लिएर जनसेवासम्मको यात्रा देखाउन थालेपछि सम्पूर्ण हल थप्पड़ीको गड़गड़ाहटले गुञ्जियो। केही कार्यकर्ताहरू भावुक पनि भए। फिल्म हेरेपछि वाहिनीका मण्डल प्रभारी तथा वीडीएका सदस्य अम्बरिष सिंह भोलाले भने, “यो फिल्मले हरेक युवालाई समाज एवं राष्ट्रहितमा कार्य गर्ने प्रेरणा दिन्छ। योगी आदित्यनाथको त्याग, संघर्ष एवं सेवाभाव हामी सबैको लागि आदर्श हो।”
यसरी नै संगठनका अन्य पदाधिकारीहरूले भने, फिल्मले स्पष्ट सन्देश दिएको छ कि संकल्प र दृढ़ इच्छाशक्तिबाट असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ। फिल्म हेरेपछि त्रिशक्ति सेवा फाउण्डेशनका कार्यकर्ताहरूले पनि यसको प्रशंसा गरे। यसमा सञ्जीव सिंह, कुँवर शुभम सिंह,अभिषेक गौतम,महानगर प्रभारी मनीष मिश्रा,महानगर अध्यक्ष अजय सिंह, महानगर उपाध्यक्ष सन्नी गुप्ता, ओमप्रकाश जायसवाल,विनय चौरसिया, रुद्र पाण्डेय तथा क्षत्रिय सेनाका पदाधिकारीहरू सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा