कोलकाता कलेज विवादः प्रिन्सिपलविरूद्ध एफआईआर दर्ता
कोलकाता कलेज विवादः प्रिन्सिपलविरूद्ध एफआईआर दर्ता


कोलकाता, 19 सेप्टेम्बर (हि.स.)। कोलकाताको प्रख्यात रानी बिरला गर्ल्स कलेजकी प्रिन्सिपल श्रावन्ती भट्टचार्यविरूद्ध एफआईआर दर्ता भएको कारणले नयाँ विवाद उत्पन्न भएको छ। यी ती प्रिन्सिपल हुन् जसले हालैमा मुख्यमन्त्री ममता ब्यनर्जीकी भाउज्यु तथा कलेजको वर्किंग कमिटीकी अध्यक्ष कजरी ब्यनर्जीको फसेलालाई कलकत्ता उच्च अदालतमा चुनौती दिएकी थिइन्।

जानकारी अनुसार यो एफआईआर गत 12 सेप्टेम्बरमै शेक्सपियर सरणी थानामा दर्ता गरिएको थियो, तर यसको खुलासा शुक्रवार मात्र भएको छ। विशेष कुरा के हो भने एफआईआर दर्ता भएको खबर त्यसबेला प्रकाशमा आयो जतिबेला एकदिनपूर्व उच्च अदालतको एकल पीठले कजरी ब्यनर्जीद्वारा प्रिन्सिपललाई दिइएको निलम्बन आदेश तथा कारण बताऊ नोटिसमाथि अन्तरिम रोक लगाइदिएको थियो।

न्यायमूर्ति बिभाष पटनायकले सुनवाई अवधि यो प्रश्न उठाए, कजरी ब्यनर्जी शिक्षासित जोड़िएका छैनन्, तथापि उनलाई कलेजको वर्किंग कमिटीको अध्यक्ष कसरी बनाइयो। अदालतले भन्यो, कानून मुताविक कलेज म्यानेजमेन्ट कमिटीको अध्यक्ष शिक्षासित जोड़िएका व्यक्तिलाई मात्र बनाउन सकिन्छ। त्यसैले उनको नियुक्ति वैध हो कि होइन् त्यो जाँच्न आवश्यक छ।

अदालतले यस्तो टिप्पणी गरेको दोस्रो दिन कलेजका हिन्दी शिक्षक मन्टु दासले प्रिन्सिपलविरूद्ध जातिगत आधारमा अपमानित गरेको आरोप लगाउँदै एफआईआर दर्ता गराए। दासको भनाइ छ, उनले वर्ष 2014-देखिकै यस कलेजमा पढ़ाइरहेका छन्, तर श्रावन्ती भट्टचार्य वर्ष 2022-मा प्रिन्सिपल भएपछि उनलाई निरन्तर अपमान झेल्न परिरहेको छ।

प्रिन्सिपलले उक्त आरोपलाई अस्वीकार गर्दै भनेकी छन्, यस मामिलामा अब उनी कुनै पनि प्रकारको टिप्पणी गर्न चाहदैनन्। किनभने यो मामिला कलेजको विवादसित जोड़िएको छ जसमाथि उच्च अदालतमा सुनवाई भइरहेको छ।

एफआईआरको समय प्रश्नहरूको घेरोमाशैक्षणिक औ राजनीतिक जगतमा अब यस कुरामाथि प्रश्न उठिरहेको छ कि जब शिक्षक स्वयंले वर्ष 2022-देखि अपमानित गरिरहेको छ भनेपछि तीन वर्षसम्म उनले सिकायत किन गरेनन्? साथै एफआईआर यस्तो समयमा सामु आएको छ जतिबेला उच्च अदालतमा क लेज विवादमाथि सुनवाई जारी छ, मामिलालाई अझ बढ़ी सन्देहस्पद बनाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande