इम्फाल, 19 सेप्टेम्बर (हि.स.)। मणिपुरमा पुलिस औ सुरक्षा बलहरूको अभियानमा मादक पदार्थ जफत गरिनको साथै तस्करहरूलाई पक्राउ गरिने क्रम जारी छ। यसरी नै सुरक्षा बलहरूले मादक पदार्थसितै एकजना महिला तस्करलाई पक्राउ गरेको छ।
पुलिस मुख्यालयबाट शुक्रवार दिइएको जानकारी अनुसार मणिपुर पुलिसले गुप्त सूचनाको आधारमा गए बिहीवार सचालित अभियानमा बिष्णुपुर जिल्लाको तेराखोंगशांगबी जीपी, वार्ड नम्बर- 1 निवासी फरिदा बेगम (36)-लाई पक्राउ गऱ्यो। आरोपीको कब्जाबाट 153 ग्राम हेरोइन भएको दश वटा प्लास्टिकका साबुनदानी र एउटा मोबाइल फोन जफत गरियो। पुलिसले महिला तस्करसित गहन जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा