भिड़न्तपछि भागेको आरोपी पुलिसको कब्जामा
भिड़न्तपछि भागेको आरोपी पुलिसको कब्जामा


नयाँ दिल्ली, 19 सेप्टेम्बर (हि.स.)। उत्तर पश्चिम जिल्लाको स्पेशल स्टाफ टीमले भिड़न्तपछि भागेको अपराधी गुड्डुलाई पक्राउ गरेको छ।

उत्तर-पश्चिमी जिल्लाका पुलिस उपायुक्त भीष्म सिंहले शुक्रवार बताए, गए 18 सेप्टेम्बरको अबेर राती लगभग 1 बजे स्पेशल स्टाफलाई सूचना प्राप्त भयो, भगौड़ा अपराधी गुड्डु आउनेवाला छ। सूचनालाई पुख्ता गरेर पुलिस टीमले कुड़ा खत्ता, एयू ब्लक, मुनाक नहर नजिक पासो थाप्यो। यस अवधि संदिग्ध युवकलाई सीए ब्लकको झोपड़ीबाट आइरहेको देखियो। सुराकीहरूले उसको पहिचान गुड्डुको रूपमा गरे।

पुलिसले उसलाई आत्मसमर्पण गर्न भन्यो, तर आरोपीले भाग्ने चेष्टा गऱ्यो साथै देशी बन्दुक निकालेर पुलिसमाथि गोली चलायो। गोली हेड कन्स्टेबल नारसी रामको बुलेटप्रुफ ज्याकेटमा लाग्यो। त्यसपछि पनि आरोपीले भाग्न नछोड़ेपछि हेड कन्स्टेबल सत्य नरेन्दरले आरोपीको खुट्टामा गोली दागे। गोली लाग्नसाथ गुड्डु भुुइँमा ढल्यो जसलाई पुलिसको टीमले समात्यो। घटनास्थलबाट हतियार पनि जफत गरिएको छ।

घाइते आरोपीलाई अस्पताल लगियो। जाँचबुझमा गुड्डुले शालीमार बाग क्षेत्रमा हालैमा भएको हत्याको मामिलामा आफ्नो संलिप्ततालाई स्वीकार गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande