करला नदीले धोबीलाई बगायो, खोजी जारी
करला नदीले धोबीलाई बगायो, खोजी जारी


जलपाईगुड़ी, 19 सेप्टेम्बर (हि.स.)। जलपाईगुड़ी शहरको करला नदीले शुक्रवार एकजना धोबीलाई बगायो। बेपत्ता धोबीको नाम कृष्ण रजक (42) हो जो शहरको एक नम्बर वार्डमा बस्छन्। घटना बिहान लगभग साढ़े सात बजे भएको हो।

जानकारी अनुसार कृष्ण रजक सदा जस्तै आज पनि कपड़ा धुनका लागि नदीको किनारमा पुगेका थिए। नदी किनार कपड़ाहरू राखिेको गमला बग्न थालेपछि गमलालाई बचाउनको लागि तिनी नदीमा पसे। तर कृष्णलाई पौड़िन आउँदैनथ्यो। नदीको प्रवाह अत्यन्त तीव्र रहेको कारणले तिनलाई नदीले बगायो। प्रत्यक्षदर्शीहरू अनुसार तिनले कैयौं पटक बचाऊ-बचाऊ भन्दै गुहार मागे, तर मानिसहरूले तिनलाई बचाउनअघि नै नदीको तीव्र प्रहावमा तिनी बगे।

स्थानीय मानिसहरूको दाबी छ, कृष्णलाई समाजपाड़ा क्षेत्रबाट बग्दै गरेको देखियो। हाल सिभिल डिफेन्सको टीमले नदीमा तिनलाई खोजिरहेको छ। वास्तवमा जलपाईगुड़ी शहर भएर बग्ने करला नदी अन्ततः टिस्टा नदीमा गएर मिसिन्छ। टिस्टाको जलस्तर बढ़ेपछि यो नदी पनि बढ़्छ। त्यसैले अहिलेघरि यो नदीको जलस्तर पनि माथि पुगेको छ।

जलपाईगुड़ी नगरपालिकाको एक नम्बर वार्डकी काउन्सिलर नीलम शर्माले भनिन्, कृष्ण रजक मेरै वार्डका निवासी थिए। खबर पाउनसाथ म घटनास्थलमा पुगें। सिभिल डिफेन्सका कर्मीहरूले नदीमा उत्रेर उसलाई खोजिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande