कोलकाता, 19 सेप्टेम्बर (हि.स.)। कोलकाता पुलिसले हरिदेवपुर सामूहिक दुष्कर्मकाण्डका मुख्य आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम देवांशु विश्वास हो। गए बिहीवार राती देशप्रिय पार्क क्षेत्रबाट उसलाई पुलिसले समातेको हो।
यसपूर्व यस मामलामा अर्को आरोपी चन्दन मल्लिकलाई हरिदेवपुर थानाको पुलिसले बर्दवान स्टेशनबाट पक्राउ गरेको थियो। तथापि पुलिस मुख्य आरोपी देवांशुको खोजीमा लगातार जुटेको थियो। यसै क्रममा गए बिहीवार राती गुप्त सूचनाको आधारमा पुलिसले घेराबन्दी गरेर देवांशुलाई पक्राउ गऱ्यो। हाल पुलिसले दुवै आरोपीसित जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा