विधायक सतिशचन्द्र राईकी पत्नीको निधन, मुख्यमन्त्रीद्वारा दु:ख प्रकट
विधायक सतिशचन्द्र राईकी पत्नीको निधन


गान्तोक, 19 सेप्टेम्बर (हि.स.)। नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक एवं डीएसीएसका चेयरमेन सतिशचन्द्र राईकी धर्मपत्नी बिनुमाया शर्माको निधन भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले श्रीमती शर्माको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा विधायक सतिशचन्द्र राईकी धर्मपत्नी बिनुमाया शर्माको निधन भएको जानकारी गराउॅंदै गहिरो दु:ख व्यक्त गरेका छन्। उनले यस गहिरो शोकको घडीमा शोकसन्तप्त परिवार र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। उनले दिवंगत आत्माको चिर शान्ति र यस कठिन समयमा परिवारजनलाई ईश्वरले शक्ति र धैर्य प्रदान गरून् भनी कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande