जुबिन गर्गको निधनले एपीएससीले स्थगित गऱ्यो भर्ती साक्षात्कार
जुबिन गर्गको निधनले एपीएससीले स्थगित गऱ्यो भर्ती साक्षात्कार


गुवाहाटी, 20 सेप्टेम्बर (हि.स.)। असम लोक सेवा आयोग (एपीएससी)-ले दिवंगत गायक ज़ुबिन गर्गको सम्मानमा आफ्नो निर्धारित भर्ती साक्षात्कारलाई स्धकित गर्ने घोषणा गरेको छ। उनको आकस्मिक निधनबाट सम्पूर्ण राज्य नै शोकमा डुबेको छ।

आयोगले एक आधिकारिक अधिसूचनामा बतायो, कृषि विकास अधिकारी (एडीओ)-को पदको लागि साक्षात्कार पहिला आगामी 22 र 23 सेप्टेम्बरमा निर्धारण गरेको थियो भने अब यसलाई 25 र 26 सेप्टेम्बरमा आयोजना गरिनेछ। सम्बन्धित उम्मेद्वारहरूलाई चाँड़ै नै एउटा नयाँ विस्तृत अधिसूचना जारी गरिनेछ।

आयोगले अझ स्पष्ट पाऱ्यो, मत्स्य विभाग अन्तर्गत कनिष्ठ अभियन्ता (सिभिल)-को लागि स्क्रीनिंग परीक्षाको पुनर्निर्धारित तिथि अहिले तय भएको छैन। संशोधित कार्यक्रमको सूचना यथासमय दिइनेछ।

एपीएससीको अधिसूचनामा भनिएको छ, संगीत जगतका दिग्गज जुबिन गर्गको दुःखदायी निधन र उनको अन्तिम संस्कारलाई ध्यानमा राखेर स्क्रीनिंग परीक्षा एवं साक्षात्कारलाई स्थगित गरिएको हो।

यो निर्णयले व्यापक शोक औ राज्यव्यापी श्रद्धाञ्जलीलाई दर्शाउँछ जुन ती महान गायकलाई दिइँदैछ जसको योगदानले असमिया संगीत र संस्कृतिमा अमेट छाप छोड़ेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande