शिक्षक नियुक्ति घोटालामा अदालतले ईडीलाई हप्कायो
शिक्षक नियुक्ति घोटालामा अदालतले ईडीलाई हप्कायो


- कारागार मन्त्री चन्द्रनाथ सिन्हाको जमानत याचिकामाथि फसेला मंगलवार हुने

कोलकाता, 20 सेप्टेम्बर (हि.स.)। शिक्षक नियुक्ति घोटाला मामिलामा पश्चिम बंगालका कारागार मन्त्री चन्द्रनाथ सिन्हाको जमानत याचिकामाथि शनिवार ब्यांकशाल अदालतमा महत्वपूर्ण सुनवाई भयो। तथापि अदालतले निर्णय सुनाउनको लागि मंगलवारसम्म स्थगित गरिदियो। अर्कोतिर अदालतले ईडीसित जवाफ माग्यो कि मार्च, 2024-मा मन्त्रीको आवासबाट 41 लाख रुपियाँ नगद, मोबाइल फोन र केही दस्तावेजहरू जफत गरिएको थियो भने त्यसबेला पक्राउ वा हिरासतको कारबाही किन गरिएन।

सुनवाईमा शनिवार विशेष न्यायाधीश शुभेन्दु साहाले प्रवर्तन निदेशालय (ईडी)- का तर्कहरूमाथि कड़ा आपत्ति जनाउँदै प्रश्न गरे, “तपाईहरूले पछिल्लो 11 महिनादेखिको के गरिरहनु भएको थियो?” ईडीका अधिवक्ता धिरज त्रिवेदीले मन्त्रीलाई सात दिनको हिरासतमा लिने माग गर्दै तर्क राख्यो, जफत गरिएको नगद राशि र दस्तावेजहरूबाट केही संदिग्ध लिंक्स सामु आएको छ जसको जाँचको लागि हिरासत आवश्यक छ। उनले यो पनि भन्यो, चन्द्रनाथ सिन्हा राजनीतिक रूपमा प्रभावशाली रहेका कारणले जाँचमा बाधा दिनसक्छन्।

यद्यपि मन्त्रीका वकिलले उक्त तर्कको कड़ा विरोध गर्दै भने, अबेर गरी दस्तावेज जमा गराएको आरोप निराधार छ। ईडीले अब अनावश्यक रूपमा कारबाही गर्ने चेष्टा गरिरहेको छ।

सुनवाईपछि अदालतले फसेलालाई सुरक्षित राख्दै भन्यो, आगामी सोमवार बिहान 10:30 बजे मन्त्रीका वकिलले आफ्नो हलफनामा दर्ता गर्नेछन् अनि मंगलवार अपरान्ह दुई बजे जमानत याचिकामाथि आदेश सुनाइनेछ। अदालतबाट बाहिरिँदै गर्दै चन्द्रनाथ सिन्हाले भने, “न्यायपालिकामाथि मलाई विश्वास थियो र रहनेछ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande