महिलाको हत्यामा पति समेत तीन पक्राउ
महिलाको हत्यामा पति समेत तीन पक्राउ


गौतमबुद्ध नगर, 20 सेप्टेम्बर (हि.स.)। नोएडाको थाना बादलपुर क्षेत्रमा दाइजोको निम्ति महिलाको हत्या मामिलामा पुलिसले पति समेत तीन आरोपीलाई पक्राउ गरेको छ।

बादलपुर थाना प्रभारी अमित भड़ानाले शनिवार बताए, जिल्ला बुलन्दशहर निवासी सुमनको गत मई महिनामा छपरौला निवासी दीपकसित बिहे भएको थियो। माइता पक्षले आरोप लगाएको छ कि बिहे भएदेखि नै ससुराली पक्षले दाइजोको माग गर्नथाल्यो। माग पूरा नहुँदा बुधवार ससुराली पक्षका मानिसहरूले छोरी सुमनको हत्या गरे। माइता पक्षको शिकायतमा घटनाको रिपोर्ट दर्ता गरी मामिलाको जाँच शुरू गरिएको छ।

थानेदारले बताए, पुलिसले यस मामिलामा फरार पति दीपक, ससुरा ओमप्रकाश र सासु मुनेशलाई गए राति शुक्रवार पक्राउ गरेको छ। तीनै जनालाई कोर्टमा पेश गरियो, जहाँबाट न्यायालयले उनीहरूलाई 14 दिनको न्यायिक हिरासतमा जेल पठाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande