निजी सहायक कर्मचारीहरू ‘सिस्टमका साइलेन्ट आर्किटेक्ट' हुन्ः उपमुख्यमन्त्री डा. प्रेमचन्द बैरवा
निजी सहायक कर्मचारीहरू ‘सिस्टमका साइलेन्ट आर्किटेक्ट' हुन्ः उपमुख्यमन्त्री डा. प्रेमचन्द बैरवा


जयपुर, 21 सेप्टेम्बर (हि.स.)। उपमुख्यमन्त्री डा. प्रेमचन्द बैरवाले भने, निजी सहायक कर्मचारीहरू ‘सिस्टमका साइलेन्ट आर्किटेक्ट' हुन्। राज्यका मुख्यमन्त्री भजनलाल शर्माको नेतृत्वमा सरकार सबै निजी सहायकहरूलाई समयमा पदोन्नतिको अवसर उपलब्ध गराउनको लागि प्रतिबद्ध छ।

उनले भने, निजी सहायक कर्मचारीहरू संगठित मञ्चमा आएर आफ्नो विचार साझा गर्नु उनीहरूको लागि सम्मानको कुरा मात्र नभएर एउटा यस्तो अवसर पनि हो जसमा उनीहरू यस्ता समर्पित, अनुशासित र निष्ठावान पेशावरसित प्रत्यक्ष रूपमा जोड़िए।

बैरवाले यहाँको राजस्थान निजी सहायक संवर्ग महासंघद्वारा आइतवार बिड़ला अडिटोरियममा आयोजित “ संगम 2025 – अनुभव औ ऊर्जाको अद्वितीय मिलन” राज्य स्तरीय सम्मेलनमा बोलिरहेका थिए। डा. बैरवाले दीप प्रज्जवित गरी कार्यक्रमको शुभारम्भ गरे। उनको निजी सहायक कर्मचारीहरूको भूमिकालाई अत्यन्त महत्वपूर्ण बताउँदै भने, उनीहरूले एक अदृश्य शक्तिको रूपमा समाज र सरकारको लागि कार्य गर्दछन्।

निजी सहायक कर्मचारीहरूले कार्यालय वा प्रतिष्ठानमा जानकारीहरू संकलन गर्दछन्, वरिष्ठ अधिकारीहरूको कार्यभारलाई व्यवस्थित बनाउँछन् तथा कार्यलाई एक महत्वपूर्ण स्तरसम्म पुऱ्याउँछन्। उनले सबैलाई आभार व्यक्त गर्दै निजी सहायक संवर्गका सदस्यहरूको उत्साह बढ़ाउनको लागि प्रेरक शब्दहरू भने।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande