जीन्द, 21 सेप्टेम्बर (हि.स.)। डिटेक्टिव स्टाफले शर्मा नगरमा एउटा गोदाममा छापा मारेर 353 किलो बम र पटेका जफत गरेको छ। शहर थाना पुलिसले शिकायतको आधारमा गोदाम मालिक विरूद्ध एक्सप्लोसिव एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ।
आइतवार जानकारी दिँदै डिटेक्टिव स्टाफ इन्चार्ज चन्द्रपालले बताए, भूपेन्द्र नगर निवासी सुनीलले भिवानी रोडमा शर्मा नगर आवासीय क्षेत्रमा आफ्नो बोदाम बनाएको गुप्त सूचना प्राप्त भयो। जसमा उसले बम र पेटकाहरूको भण्डार गरेको थियो। आवासीय क्षेत्रमा विस्फोटक सामग्रीको भण्डारण गर्नु गैरकानूनी हो। सूचनाको आधारमा डिटेक्टिव स्टाफले शर्मा नगरमा बनेको गोदाममा छापा माऱ्यो। जब गोदामको तलाशी लिइयो त्यहाँ प्रचुर मात्रामा बम र पटेका जफत भयो। जसको ओजन 353 किलो 500 ग्राम पाइयो। शिकायतको आधारमा शहर थाना पुलिसले गोदाम मालिक सुनील विरूद्ध एक्सप्लोसिव एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी