सिलगढ़ी, 21 सेप्टेम्बर (हि.स.)। महालयाको उपलक्ष्यमा प्रत्येक वर्ष झै यस वर्ष पनि बाघाजतिन एथलेटिक क्लबद्वारा 'सिलगढ़ी महालया रोड रेस-2025'- को आयोजन गरियो। यस 41औं संस्करणको रोड रेसमा सयकड़ौं मानिसहरूले भाग लिएर शहरमा दौड़िए। यस दौड़लाई मुख्य अतिथिको रूपमा बंगला नायिका कौशानी मुखर्जीले हरियो झण्डा देखाइन्।
सिलगढ़ीका मेयर गौतम देव, सिलगढ़ी नगरनिगमका मेयर परिषद सदस्य तथा आयोजक क्लबका सदस्य लगायत गण्यमान्य विशिष्ट अतिथिहरूको पनि यस अवसरमा उपस्थिति रहेको थियो। रेस सम्पन्न भएपछि अतिथिहरूको बाहुलीबाट विभिन्न वर्गका उत्कृष्ट प्रतियोगीहरलाई ट्रफी, प्रमाण पत्र अनि पुरस्कार राशिद्वारा पुरस्कृत गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा