पुलिसमाथि हमला गरेको आरोपमा 29 जना कुर्मी आन्दोलनकारीहरू पक्राउ
पुलिसमाथि हमला गरेको आरोपमा 29 जना कुर्मी आन्दोलनकारीहरू पक्राउ


कोलकाता, 22 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालको पुरुलिया जिल्लामा कुड़मी समुदायको आन्दोलन अवधि पुलिसमाथि हमला गरेको मामिलामा 29 जना मानिसहरूलाई पक्राउ गरिएको छ। यो घटना गत शनिवार कोटशिला रेलवे स्टेशनमा भएको हो जहाँ कुड़मी समुदायका मानिसहरूले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने मागमा उग्र प्रदर्शन गरेका थिए। यस घटनामा न्यूनतम 6 जना पुलिसकर्मी घाइते भएका थिए जसमा दुईजना आईपीएस अधिकारी पनि सामेल छन्। स्थिति बिग्रिन थालेपछि पुलिसले लट्ठीचार्ज गर्नको साथै भीड़लाई तितर-बितर पार्नको लागि अश्रु ग्यास प्रयोग गरेको थियो।

पुरुलियाका पुलिस अधीक्षक अभिजीत ब्यनर्जीले सोमवार बताए, अब कोटशिला स्टेशनको स्थिति सामान्य भएको छ र बिस्तार सेवा बहाल भइरहेको छ। तथापि कुड़मी समुदायको आरोप छ, पुलिसले आन्दोलनकारीहरूलाई दबाउने नाममा भय फैलाएको छ।

कुड़मी समाजका नेता अजीत प्रसाद महतोले भने, पुलिसको आतंकको कारणले उनीहरूका केही नेता अनि समर्थकहरू लुक्न बाध्य भएका छन्। पुलिसले ठाउँ-ठाउँमा नाका जाँच गरेर आन्दोलनकारीहरूलाई रोकेको कारणले उनीहरूले सड़क जाम गर्न सकेनन्। यसको विरोधमा समाजले आगामी 5 अक्टोबरमा दुर्गा पूजापछि पुरूलिया शहरको ट्याक्सी स्ट्याण्डमा ‘पुलिस आतंक विरोधी सभा’ आयोजना गर्ने घोषणा गरेको छ।

पुलिसको पक्षबाट भनिएको छ, उनीहरूले यो कारबाही कलकत्ता उच्च अदालतको आदेश अनुरप गरेका हुन्। हालैमा उच्च अदालतको खण्डपीठले रेल प्रशासन तथा राज्य सरकारलाई निर्देश दिएको थियो कि 20 सेप्टेम्बरमा कुड़मी समुदायद्वारा गरिने रेल अवरोध कार्यक्रमबाट आम जनजीवन प्रभावित नहोस्।

उल्लेखनीय छ, आदिवासी कुड़मी समाजले पछिल्लो महिना पश्चिम बंगाल, झारखण्ड र ओडिशाका आदिवासी बहुल क्षेत्रहरूमा रोल रोकौं आन्दोलनको आह्वान गरेको थियो। उनीहरूको मुख्य माग हो, कुड़मी समुदायलाई अनुसूचि जनजातिको दर्ता दिइयोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande