बीटीसी चुनाउः उदालगुरी जिल्लाका दश परिषद सीटमा मतदान शुरू, कतिपय क्षेत्रमा हिंसा भएको सूचना
बीटीसी चुनाउः उदालगुरी जिल्लाका दश परिषद सीटमा मतदान शुरू, कतिपय क्षेत्रमा हिंसा भएको सूचना


उदालगुरी (असम), 22 सेप्टेम्बर (हि.स.)। पाँचौं बोडोल्याण्ड टेरिटोरियल कउन्सिल (बीटीसी) चुनाउ अन्तर्गत सोमवार बिहानदेखि उदालगुरी जिल्लाका दश वटा परिषद क्षेत्रमा मतदान शुरू भएको छ। यस अवधि कतिपय क्षेत्रहरूमा चुनावी हिंसाका घटनाहरू घटेको जानकारी प्राप्त भएको छ।

जिल्लाका मोठ दश वटा परिषद सीटबाट 68 जना उम्मेद्वारहरू चुनावी मैदानमा उत्रेका छन्। यहाँ मतदाताहरूको मोठ संख्या 7,39,114 रहेको छ जसमा 3,65,493 पुरुष, 3,73,615 महिला औ 6 तृतीय लिंगका मतदाताहरू सामेल छन्। वर्ष 2020-को तुलनामा मतदाताहरूको संख्या 18.6 प्रतिशत वढ़ेको छ।

मतदानको लागि जिल्लामा 397 मतदान केन्द्रहरू बनाइएको छ जहाँ 3,748 प्रिज़ाइडिंग र पोलिंग अधिकारीहरूलाई तैनाथ गरिएको छ। मतदान बिहान 7:30 बजेदेखि शुरू भएको हो।

चुनाउ अवझि हिंसा भएका समाचारहरू प्रकाशमा आइरहेका छन्। धनसिरी परिषद क्षेत्र (संख्या- 37)- का बीपीएफ उम्मेद्वार फ्रेश मुसाहारीले आरोप लगाए, गए आइतवार राती विपक्षी समर्थकहरूले बीपीएफ कार्यालयमा हमला गरी केही वाहनहरूलाई नोक्सान पुऱ्याए। उनले उदालगुरी पुलिस थानामा सिकायत दर्ता गराएको भए पनि अहिलेसम्म कुनै कारबाही नगरिएको थप आरोप लगाए।

त्यसरी नै भैरवकुण्ड परिषद क्षेत्र (संख्या- 38)- का भाजपा उम्मेद्वार मिनन मुसाहारीले विपक्षी दलका समर्थकहरूमाथि भाजपा कार्यकर्ताहरूलाई धम्काएको र वाहनमा हमला गरेको आरोप लगाए। उनको सिकायतको आधारमा पुलिसले दुईजना मानिसहरूलाई हिरासतमा लिएको छ। जिल्ला प्रशासनसित निष्पक्ष तथा शान्तिपूर्ण चुनाउ सुनिश्चित गराउने अपील गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande