मिदनापुर, 22 सेप्टेम्बर (हि.स.) पश्चिम मिदनापुर जिल्लाको मिदनापुरस्थित सार्वजनिक स्वास्थ्य अभियान्त्रण (पीएचई) विभाग कार्यालयमा सोमवार जिल्लाभरिका ठेकादारहरूले धरना प्रदर्शन गरे। ठेकादारहरूको आरोप छ, विभागले अहिलेसम्ममा लगभग 3 सय करोड़ रुपियाँको बाँकी भुक्तान गरेको छैन जबकि सबै कार्यहरू पूरा गरिसकिएको छ।
ठेकादारहरूले बताए, जल जीवन मिशन, पिउने पानी निकासी एवं रख-रखाउ, बाढ़ी नियन्त्रण जस्ता महत्वपूर्ण परियोजनाहरूको काम समयमै पूरा गरिएको भए पनि बितेको डेढ़ वर्षदेखिको उनीहरूको भुक्तान हुन सकेको छैन। फलस्वरूप सयकड़ौं ठेकादार तथा उनीहरूको अधिनमा काम गर्ने लगभग दश हजार श्रमिकहरू ठूलो आर्थिक संकटसित जुझिरहेका छन्।
धरना कार्यक्रमको नेतृत्व मिदनापुर जिल्ला कन्ट्र्याक्टर्स एसोसिएशन (एबीपीएचई)-ले गरेको थियो। यसमा मुख्य रूपमा ठेकादारहरू क्रमैले दीपक बाकली, अजितेश आचार्य, दीपक कुमार, दौलई गोविन्द, माइटी, सञ्जीव सिन्हा र सुब्रत दास सहित ठूलो संख्यामा ठेकादारहरू सामेल भए। उनीहरूले चेताउनी दिए, यदि सरकार अनि विभागले यथाशीघ्र बाँकी रुपियाँ भुक्तान नगरे आन्दोलनले अझ व्यापक रूप लिनेछ।
विभागका कार्यकारी अभियन्ता अरुण कुमार हलदारले ठेकादारहरूको सिकायतलाई उचित मान्दै भने, बाँकी भुक्तानको प्रक्रियालाई लिएर प्रयास जारी छ। उनले आश्वासन दिए, वित्तीय बाधाहरूको समाधान गरिेपछि बाँकी राशिको भुक्तान शीघ्र गरिनेछ। विभागीय सूत्रको भनाइ छ, केन्द्र सरकारले पैसा दिन ढिल्याई गरेको कारणले यस्तो समस्या भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा