हुगली, 22 सेप्टेम्बर (हि.स.)। डानकुनी टाउन तृणमूल कंग्रेसका नव-नियुक्त युवा अध्यक्ष जियारुल आकनलाई लिएर पार्टीभित्र विवाद शुरू भएको छ। डानकुनी नगरपालिकाको वार्ड नम्बर-18 का पार्षद सूर्य देले गए आइतवार साँझ जियारूलमाथि गम्भीर आपराधिक आरोप लगाउँदै भने, उनी क्रिमिनल हो र दिनहुँ बारमा जानु उनको आदत हो।
सूर्य देले प्रश्न उठान गरे, जियारूलले कहिल्यै राजनीति गरेका छैनन् भने उनलाई युवा अध्यक्ष कसरी बनाइयो? उनको दाबी छ, यो पद आई-प्याकको रिपोर्टको आधारमा प्राप्त भएको हो।
सूर्य देले भने, “जियारुल आकनलाई युवा अध्यक्षको पदबाट अपदस्थ गर्नुपर्छ। उनी एकजना आपराधिक प्रवृत्तिका व्यक्ति हुन् र एकभन्दा अधिक महिलाहरूसित सम्बन्ध राख्दछन्। उनको असली काम कबाड़ संग्रह गर्नु र बारमा जानु हो। यदि पार्टीले मलाई नै निकालिदियो भने पनि मलाई कुनै आपत्ति छैन, तर जियारूललाई अध्यक्ष स्वीकार गर्न सकिँदैन।”
यसरी जियारूलको विरोध गरेका कारणले आफ्नो हत्या समेत हुने आशंका उनले व्यक्त गरे। डानकुनी नगरपालिकाको वार्ड नम्बर-4 का पार्षद हसन मण्डलले पनि सूर्य देलाई समर्थन गरे। उनले भने, पछिल्लो तीन वटा चुनाउमा जियारूललाई तृणमूलसित काम गरेको उनले कहिल्यै देखेनन्। यसको विपरीत उसले विपक्षलाई मजबुत बनाउनको लागि लाखौं रुपियाँ खर्च गर्थ्यो। हसन मण्डलले आरोप लगाे, जियारूललाई पुलिसले कैयौं पटक बार बाहिरबाट पक्राउ गरिसकेको छ र उमाथि धेरैवटा मामिला पनि दर्ता छ।
उपरोक्त आरोपहरूमाथि प्रतिक्रिया व्यक्त गर्दै जियारूल आकनले भने, “एउटै परिवारमा बस्दा कहिले-काहीँ अशान्ति हुन्छ। सूर्य मेरा दाज्यु जस्तै हुन्, दाज्यु-भाइको सम्बन्धमा सबै ठिक हुन्छ। पार्टीले दिएको जिम्मेवारीलाई निभाउनेछु।”
यता भारतीय जनता पार्टी (भाजपा), श्रीरामपुर सांगठनिक जिल्लाका उपाध्यक्ष दिलीप सिंहले सोमवार बिहान 'हिन्दुस्थान समाचार'- सित भने ममता ब्यनर्जी र तृणमूल कंग्रेसले आफ्नो अल्पसंख्यक टुष्टिकरणको नीतिलाई अगाड़ि बढ़ाउँदै जियारूललाई डानकुनी टाउन युवा टीएमसी अध्यक्ष बनाएका छन्। यदि जनताले आगामी चुनाउमा ममता ब्यनर्जीलाई हटाएनन् भने उनीहरूले पश्चिम बंगाललाई बंगलादेश बनाइदिनेछन्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा