नवरात्रिमा आध्यात्मिक ऊर्जासितै बचत उत्सवको साक्षी बनिरहेको छ दिल्लीः रेखा गुप्ता
नवरात्रिमा आध्यात्मिक ऊर्जासितै बचत उत्सवको साक्षी बनिरहेको छ दिल्लीः रेखा गुप्ता


नयाँ दिल्ली, 22 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले सोमवार भनिन्, दिल्ली यस नवरात्रिमा आध्यात्मिक ऊर्जासँगसँग जीएसटी सुधारहरू लागू भएकाले बचत उत्सवको साक्षी पनि बनिरहेको छ। उनले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भएको ऐतिहासिक कर सुधारहरूले हरेक परिवारलाई राहत दिएको छ र हरेक व्यापारीलाई नयाँ विश्वास र अवसर प्रदान गरेको छ।

मुख्यमन्त्री शालीमार बागस्थित प्राचीन राधा कृष्ण मन्दिरमा आयोजित कलश यात्रामा सम्मिलित भइन्। यस अवसरमा उनले भनिन्, पछिल्लो नौ वर्षदेखिकै यस पावन यात्रामा सामेल भइरहेकी छु र हरेक पटक नै यो अनुभवले आत्मिक शान्ति सञ्चार गर्दछ। नवरात्रिको शुरूआत कलश स्थापनाबाट हुन्छ र कलश यात्रा त्यै परम्पराको सामूहिक स्वरूप हो।

मुख्यमन्त्रीले भनिन, यो माँ दुर्गाको स्तुति र शक्ति उपासनाको प्रतीक हो जहाँ हरेक कदममा भक्ति, एकता एवं संकल्पको धारा प्रभावित हुन्छ। यसै श्रद्धा अनि आस्थाको भावनाले क्षेत्रमा भव्य छठ घाट निर्माण गरिँदैछ। जसरी नवरात्रिले हामीलाई शक्ति र समर्पण गर्ने प्रेरणा दिन्छ त्यसरी नै जीएसटी सुधारको पहलले आर्थिक सशक्तिकरण र उज्जवल भविष्यको बलियो जग बसालिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande