प्रयागराज, 22 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्लामा अवस्थित सोराँव थाना अन्तर्गत विगहिया गाउँ निकट हाइवेमा गए आइतवार राती भएको सड़क दुर्घटनामा चारजना मानिसहरूको मृत्यु भयो भने तीनजना घाइते भए। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले घाइतेहरूलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराएको छ।
पुलिस उपायुक्त गंगानगर कुलदीप सिंह गुनावतले बताए, दुर्घटनामा सुरेश शैनी र सुरेशकी पत्नी, सुरेश बाजपेयी, राम सागर अवस्थीको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका तीनजना मानिसहरूलाई स्वरूपरानी नेहरू चिकित्सालयमा भर्ती गरिएको छ। उनले बताए, कानपुरको मूसानगर विलौली देखि पिण्ड दान गर्नको लागि बोलेरोमा सवार भएर गएका यी परिवार पिण्डदान गरेर कानपुर तर्फ फर्किने क्रममा दुर्घटनाको शिकार भए। गए आइतवार राती सोराँव थाना क्षेत्रमा बिगहिया गाउँ नजिक हाइवेमा वाहन खराब भयो। रात परेको कारणले वाहनलाई त्यहीँ राखेर उनीहरू पनि बसे। राती कुनै ठूलो वाहनले ठक्कर दियो जसले गर्दा यस्तो भयो।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा