कोलकाता, 22 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले सोमवार बिहान प्रतिपदाको अवसरमा शारदीय नवरात्रको शुभकामना दिँदै आफूद्वारा लेखिएका तथा स्वरबद्ध गरिएको नयाँ पूजा गीत जनतासित साझा गरिन्।
सोमवार बिहान माइक्रो ब्लगिंग साइट एक्समा मुख्यमन्त्रीले आफ्नो सन्देशमा लेखिन्, शरद ऋतुको नीलो आकाशमा माँ दुर्गाको आगमन भइरहेको छ। यसै शुभक्षणमा उनले सबैलाई प्रतिपदाको हार्दिक बधाई दिँदै भनिन्, यस आनन्दमय दिनमा उनले आफ्नो नयाँ गीतलाई मानिसहरूसम्म पुऱ्याइरहेकी छन्।
ममता ब्यनर्जीको यो गीतले दुर्गा पूजाको सांस्कृतिक औ धार्मिक महत्वलाई दर्शाउँछ। बंगालमा शारदीय दुर्गोत्सव धार्मिक अनुष्ठान मात्र नभएर सामाजिक तथा सांस्कृतिक उत्सवको पनि रूप हो। मुख्यमन्त्रीको यस नयाँ गीतलाई यसै परम्परासित जोड़ेर हेरिँदैछ। यसमा उनले देवी दुर्गाको स्वागत तथा उत्सवलाई लिएर तारतम्य मिलाएकी छन्।उल्लेख्य, महालयको बिहान पनि उनले आफ्नो एउटा गीतलाई साझा गरेकी थिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा