बलिउडका पार्श्व गायक पापोनले जुबिनलाई दिए अश्रुपूर्ण श्रद्धाञ्जली
बलिउडका पार्श्व गायक पापोनले जुबिनलाई दिए अश्रुपूर्ण श्रद्धाञ्जली


गुवाहाटी, 22 सेप्टेम्बर (हि.स.)। बलिउडका पार्श्व गायक पापोन गए अबेर राती असम आइपुगे। उनले सोझै गुवाहाटीको सरूसजाई स्टेडियममा पुगेर प्रसिद्ध असमिया गायक जुबिन गर्गलाई अन्तिम श्रद्धाञ्जली दिए। ज्ञात रहोस्, जुबिनको गत 19 सेप्टेम्बरको दिन सिंगापुरको समुद्रमा 52 वर्षको उमेरमा निधन भएको थियो।

बलिउडको आफ्नो हिट गीत या अली-को लागि प्रसिद्ध 52 वर्षीय संजीत जगतका दिग्गज जुबिन नर्थ-ईस्ट फेस्टिभलमा भाग लिनका लागि सिंगापुर गएका थिए जहाँ यो दुर्घटना भयो। सिंंगापुरको समुद्रमा उनलाई अचेत अवस्थामा भेटियो। उनलाई स्थानीय अस्पतालमा लगियो, तर डाक्टरहरूले बचाउन सकेनन्।

असमको हृदयमा बसेका जुबिनलाई अन्तिम विदाई दिनका लागि स्टेडियममा हजारौं शोक सन्तप्त मानिसहरू एकत्र भएकोमा भावुक पापोनलाई जुबिनकी पत्नी गरिमा सैकिया नजिकमा उभिएको देखियो।

राज्य सरकारले 20 सेप्टेम्बरदेखि तीन दिवसीय आधिकारिक राजकीय शोक घोषणा गरेको छ जुन आज पनि जारी छ। अन्तिम संस्कार 23 सेप्टेम्बरमा सोनापुरको कमारचुकीमा हुनेछ। कुनै सेलिब्रिटीको अन्तिम यात्रामा विश्वकै चौथो सबैभन्दा अधिक भीड़ उर्लियो र असममा शोक मनाउनेहरूको रेकर्ड तोड़ संख्या देखियो।

मीडियासित बातचित गरदै पापोनले दुःख व्यक्त गरे, जुबिन गएपछि असममा सृजना भएको खालीपनलाई कसैले भर्न सक्दैन। उनले आफ्नो गायन र प्रदर्शनलाई जारी राख्नेछन्, तर आफ्ना दिवंगत सहयोगी जस्तो कहिल्यै बन्न सक्ने छैनन्।

गायकले असम बाहिर आफ्नो करियर बनाएकोमा भएको आलोचनाको उल्लेख गर्दै भने, उनले र जुबिनले भिन्न-भिन्न मार्ग चुनेका थिए। असममा आफ्नो अनुपस्थिति, राज्य बाहिर बस्ने तथा प्रदर्शन गर्नेसित सम्बन्धित मानिसहरूको आक्रोशलाई उनले राम्ररी बुझेका छन्। पापोनले स्वीकार गरे, मानिसहरूले जुबिनलाई यस्तो दाज्यु-भाइको रूपा हेर्थे जसले असमको लागि आफ्नो सबैकुरा समर्पित गरे जबकि उनी स्वयं भने असमदेखि टाड़ा थिए।

असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा जुबिनको पार्थिव शरीरलाई ल्याउन र सार्वजनिक श्रद्धाञ्जलीका व्यवस्थाहरूको निरीक्षण गर्नका लागि स्वयं दिल्ली गए। गायकको पार्थिव शरीरलाई पारम्परिक असमिया गामोछाले छोपेर एउटा काँचको तबुतभित्र राखिएको छ जसलाई हजारौं प्रशंसकहरूले विदा दिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande