पूर्वी सिंहभूम, 22 सेप्टेम्बर (हि.स.)। टाटानगर रेलवे स्टेशनमा गए आइतवार अबेर राती एक हृदयविदारक घटना घट्यो। बर्मामाइन्स थाना क्षेत्रको कैरेज कलोनी (सी9/एल)- की 37 वर्षीय सौदामिनी रायले प्लेटफर्म संख्या- 3 रोकिएको आजाद हिन्द एक्सप्रेसको अगाड़ि हाम फालेर आफ्नो जीवनलीललाई समाप्त गरिन्। यस घटनाको कारण स्टेशनमा कोकोहोलो मचियो। घटनास्थलमा उपस्थित मानिसहरू स्तब्ध भए।
प्रत्यक्षदर्शीहरू अनुसार महिलाले अचानक ट्र्याकमा हाम फालिन् जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो। सूचना पाएर रेलवे सुरक्षा बल (आरपीएफ) घटनास्थलमा पुग्यो अनि शवलाई रेलवे अस्पतालमा लग्यो जहाँ डाक्टरहरूले महिलालाई मृत घोषित गरिदिए। मृतकाको पहिचान सौदामिनी रायको रूपमा भएको छ जसका पति अनिल राय टाटानगरमा रेलकर्मीको पदमा कार्यरत छन्।
पारिवारिक सूत्र अनुसार सौदामिनीका दुई जना सन्तान स-साना छन्। उनले यसरी अचानक आत्महत्या गरेको कारण परिवार, कलोनी तथा सम्पूर्ण क्षेत्रमा गहिरो शोक व्याप्त भएको छ। पुलिसको भनाइ छ, आत्महत्या गर्नुको पछाड़िको कारण पत्तो लगाउँ जाँच गरिँदैछ। परिवारसित पनि जाँचबुझ गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा