कोलकाता, 22 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकातामा बितेको आइतवार चारू मार्केट क्षेत्रमा गोलीकाण्डको घटनापछि अब सोमवार बिहान फेरि गार्डनरिचमा एकजना युवकको शव भेटिएको छ।
पुलिस सूत्र अनुसार बिहान 09:45 बजे डिसी पोर्ट कार्यालय नजिक मानिसहरूले गोली चलेको आवाज सुने। घटनास्थलमा पुग्दा सड़क किनारा एकजना युवकको रगताम्मे शव लड़िरहेको थियो। तत्कालै वेस्ट पोर्ट थानालाई सूचित गरियो। पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो। प्राथमिक जाँचमा युवकको टाउकोमा गोली लागेको पुष्टि भएको छ। मृतकको नजिकैबाट एउटा रिवल्वर र ब्याग पनि जफत गरिएको छ। पुलिसले ब्यागकै माध्यमबाट युवकको पहिचान खोलाउने प्रयास गरिरहेको छ।
घटनालाई लिएर पुलिसको मान्यता छ, यसको पछाड़ि हत्याको षड़यन्त्र लुकेको हुनसक्छ। आशंका व्यक्त गरिँदैछ, अपराधीहरूले हत्या गरेपछि युवकको हातमा हतियार राखिदिए ताकि यसलाई आत्महत्याको रूप दिन सकोस्। दुवै स्थितिमा एउटा ठूलो प्रश्न उठिरहेको छ कि यो हतियार आखिर कहाँबाट आयो?
यसपूर्व आइतवार चारू मार्केट क्षेत्रमा अवस्थित एउटा जिममा बरसाती ओढ़ेका दुईजना महालाकारीहरू भित्र पसे अनि जिम मालिकलाई लक्षित गरेर दुई राउण्ड गोली चलाए। तर मालिक भाग्यले बचे। भीड़भाड़ रहने यस क्षेत्रमा उक्त घटनाले व्यापक सन्त्राष फैलाएको थियो।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा