कोलकाता, 22 सेप्टेम्बर (हि.स.)। कोलकाताको न्यूटाउन ईको पार्कको गेट नम्बर-2 नजिकै गए आइतवार राती एउटा द्रूत गतिको बाइकले ठक्कर दिँदा ड्यूटीमा तैनाथ पुलिसकर्मी ज्योतिष देबनाथ (40)-को मृत्यु भयो। यो दुर्घटना राती 10 बजे भएको हो।
पुलिस सूत्र अनुसार मृतक ज्योतिष देबनाथ ईको पार्क थानामा तैनाथ थिए। गए आइतवार राती तिनले साइकल मार्फत गस्ती गरिरहेका थिए।तिनीसित अर्का पुलिसकर्मी पनि उपस्थित थिए। यसै अवधि चिनार पार्क तिरबाट द्रूत गतिमा आइरहेको एउटा मोटर साइकलले नियन्त्रण गुमाएको कारणले ज्योतिषलाई भयानक ठक्कर दियो जसले गर्दा ज्योतिष र तिनका साथी सड़कमै लड़े। स्थानीय मानिसहरू तथा सहकर्मीहरूले दुवैलाई तुरून्त अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले ज्योतिषलाई मृत घोषित गरिदिए। अर्का पुलिसकर्मीको भने अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि भागेको बाइक चालकलाई पुलिसले खोजिरहेको छ। बिधाननगर पुलिसका डीसी (न्यू टाउन) मानव सिंगलाले भने, “सम्पूर्ण मामिलाको गम्भीरता पूर्वक जाँंच गरिँदैछ। बाइक र चालकको पत्तो लगाउनको लागि खोजी अभियान शुरू गरिएको छ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा