मुख्यमन्त्रीले सिक्किम राज्य टोलीलाई जिरो फेस्टिभलको लागि प्रस्थान गराए
मुख्यमन्त्रीले सिक्किम राज्य टोलीलाई जिरो फेस्टिभलको लागि प्रस्थान गराए


गान्तोक, 22 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले अरुणाचल प्रदेशमा आयोजना हुन लागिरहेको जिरो फेस्टिभल 2025 का प्रतिभागीहरूलाई आज राजधानीको रिज पार्कबाट झण्डा हल्लाएर प्रस्थान गराए। वार्षिक सङ्गीत एवं संस्कृति महोत्सव आगामी 25 सेप्टेम्बरदेखि शुरू हुनेछ र 28 सेप्टेम्बर, 2025 मा समापन हुनेछ।

सिक्किम राज्य टोलीमा पर्यटन एवं नागरिक उड्डयन विभाग, सूचना एवं जन सम्पर्क विभाग र वाणिज्य एवं उद्योग विभागका अधिकारीहरू, स्वयं सहायता समूहहरू, बाइकर क्लबहरू र पत्रकारहरू सामेल छन्।

यस अवसरमा आज पर्यटन मन्त्री टीटी भोटिया, पर्यटन विभागका अतिरिक्त मुख्य सचिव सीएस राव, सचिव होण्डाला ग्याल्छेन, चेयरमेन सोनाम नोर्गे लाचुङ्पा र लाइन विभागका अधिकारीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande