गुवाहाटी (असम), 25 सेप्टेम्बर (हि.स.)। गुवाहाटीको गीतानगरस्थित कार्बी पथमा बिहीवार बिहान सीआईडीको टीमले श्यामकानु महन्को आवासमा छापा माऱ्यो। सीआईडीकी मुख्य जाँच अधिकारी रोजी कालिताको नेतृत्वमा भएको यस कारबाहीमा पुलिस बलको ठूलो टुकड़ी सामेल थियो। उल्लेखनीय छ, श्यामकानु महन्तलाई गायक जुबिन गर्गको रहस्यमय मृत्युको मामिलामा मुख्य अभियुक्त बनाइएको छ।
बिहानदेखिकै क्षेत्रमा कड़ा सुरक्षा व्यवस्था लागू गरिएको थियो। सीआरपीएफका जवानहरूलाई महन्तको घर अनि कार्बी पथ वरपर तैनाथ गरिएको थियो। टीमले घरभित्र जाँच अभियान शुरू गरेको छ। गए बुधवार रातीदेखि नै अनुमान लगाइँदैथ्यो, श्यामकानु महन्त गुवाहाटी फर्केका छन्, तथापि यसको आधिकारिक पुष्टि अहिलेसम्म भएको छैन। यसैबीच कड़ा सुरक्षा घेराभित्र स्थानीय मानिसहरूले उनको आवास सामु प्रदर्शन गरी पक्राउ अनि न्यायको माग उठाए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा