खड़गपुर, 25 सेप्टेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको बेलदा थाना क्षेत्रमा एक जना गृहणी साइबर ठगीको शिकार भएकी छन्। आरोप छ, ब्यांक म्यानेजर भएर फोन कल गर्ने ठगहरूले अनलाइन एप्लिकेशनको माध्यमबाट लिंकमा क्लिक गराएर उनको ब्यांक खाताबाट लगभग 23 हजार रुपियाँ निकाले।
बाखराबाद ग्राम पञ्चायतको मनिराज गाउँ निवासी बकुल चक्रवर्ती नामक गृहिणीले आगामी दुर्गा पूजाको अवसरमा स्कुटी खरिद गर्नको लागि ब्यांक खातामा पैसा जमा गराएकी थिइन्। उनको मोबाइलमा फोन कल आयो। फोन गर्नेले आफूलाई ब्यांक म्यानेजर बताउँदै भन्यो, उनको खातामा 2800 रुपियाँ स्थानान्तरण गरिनेछ जसको लागि उनले एउटा एप्लिकेशन खोलेर नोटिफिकेशनमा क्लिक गर्नुपर्छ।
गृहिणी अनुसार उनले पहिला दुई पटक अस्वीकार गरिन्, तर खाता नै बन्द गरिदिने धम्की दिएपछि उनले नोटिफिकेशनमा क्लिक गरिन्। तुरून्तैपछि खाताबाट लगभग 23 हजार रुपियाँ हरायो। बुधवार ब्यांकलाई घटनाबारे अवगत गराउँदा कर्मचारीहरूले उनलाई साइबर सेलमा सिकायत दर्ता गर्ने सल्लाह दिए। त्सपछि गृहणीले साइबर सेलमा लिखित सिकायत दर्ता गराएकी छन्।
गृहिणीले यो पनि आरोप लगाइन्, घटनापछि पनि ठगहरूले फोन गरेर आफूलाई ब्यांक म्यानेजर बताउँदै बातचित गरिरहे। उनले प्रश्न गर्दा मात्र ठगहरूले फोन काटिदिए। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा