आरपीएफले चारजना बाल श्रमिकहरूलाई मुक्त गरायो
आरपीएफले चारजना बाल श्रमिकहरूलाई मुक्त गरायो


खड़गपुर, 25 सेप्टेम्बर (हि.स.)। रेल सुरक्षा बल (आरपीएफ) खड़गपुरको अपराध गुप्तचर शाखा (सीआईबी)-को टीमले सतर्कता एवं तत्काल कारबाही गर्दै ट्रेन नम्बर- 12703 एक्सप्रेसबाट चारजना नाबालिकहरूलाई मुक्त गरायो।

प्राप्त जानकारी अनुसार आरपीएफको टीमले सामान्य डब्बामा चारजना नाबालिकहरूलाई संदिग्ध अवस्थामा फेला पाऱ्यो। जाँचबुझ गर्दा ती नाबालिकहरूले बताए, उनीहरू भुवनेश्वर (ओडिशा) र रेनिगुंटा, जिल्ला चित्तुर (आन्ध्र प्रदेश) गइरहेका छन् जहाँ तिनीहरूलाई निजी रोजगारमा लगाउनुथ्यो।

जाँचमा यो तथ्य सामु आयो, चारैजना बालकहरू अभिभावकहरूको अनुमति बिनै घरबाट हिँड़ेका थिए। यो मामिला बाल तस्करी अथवा बाल श्रमसित सम्बन्धित रहेको प्रतीत भएको छ।

आरपीएफले तत्परता देखाउँदै बालकहरूलाई बालेश्वर स्टेशनमा सुरक्षित उताऱ्यो अनि यसको सूचना सम्बन्धित प्राधिकरण तथा चाइल्ड हेल्पलाइनलाई दियो। त्यसपछि “बालेश्वर चाइल्डलाइन/बचपन बचाओ” संगठनका प्रतिनिधि आरपीएफ पोस्ट बालेश्वरमा आइपुगे अनि प्राथमिक सत्यापन पश्चात चारैजनालाई न्यायिक प्रक्रिया अन्तर्गत चाइल्डलाइनसाई सुम्पिइयो ताकि उनीहरूको पुनर्वासको कारवाही गर्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande