कामरूप (मेट्रो) जिल्लामा अष्टम राष्ट्रिय पोषण महिना- 2025 पालन गरिने
कामरूप (मेट्रो) जिल्लामा अष्टम राष्ट्रिय पोषण महिना- 2025 पालन गरिने


गुवाहाटी, 25 सेप्टेम्बर (हि.स.)। कामरूप (मेट्रो) जिल्ला आयुक्त कार्यालयकोसभा कक्षमा बिहीवार महिला तथा बाल विकास विभाग एवं कामरूप (मेट्रो) जिल्ला प्रशासनको सहयोगमा आठौंराष्ट्रिय पोषण महिना-2025 मनाउने सम्बन्धमाजिल्ला विकास आयुक्तकोअध्यक्षतामाबैठकआयोजना गरियो।

कार्यक्रममाकामरूप (मेट्रो) जिल्लाकी समाज कल्याण अधिकारी सन्तोष कुटुमीले बैठकको उदेश्य बारे बताए। पोषण अभियानका जिल्ला समन्वयक सुमन बरगोहाईले यस आठौं राष्ट्रिय पोषण महिनाको मुख्य उदेश्य जस्तै मोटोपनलाई कम गर्नु, चीनी तथा तेलयुक्त खाद्य पदार्थहरूको सेवन कम गर्नु, प्राथमिक बाल-बालिकाको हेरचाह तथा शिक्षा, पोषण शिक्षा, बाल-बालिकाहरूलाई खुवाउने विधि पुरूषहरूलाई सहभागिताको निम्ति प्रेरित गर्नु आदि बारे बताए।

सभामादीपप्रज्जवलन गरी कार्यक्रमको थालनी गरियो। सभामा अतिरिक्त जिल्ला आयुक्त केशिओ करन पेगु, महिला एवंबाल विकास विभाग, कामरूप (मेट्रो)-काअधिकारी, कर्मचारी, जिल्ला परिषद, स्वास्थ्य, शिक्षा, जन-स्वास्थ्य तथा तकनिकी विभाग, वन विभाग आदि सम्बन्धित विभागकोजिल्ला स्तरीयउच्च पदस्थ अधिकारी अनि प्रतिनिधिहरू उपस्थित थिए।

कार्यक्रममाजागरूकताको लागि कठपुतली नृत्य तथा स्वास्थ्यवर्धक खाद्य सामग्रीहरूको प्रदर्शन पनि गरियो। सभाको अन्तमा सबैलाई यस महिनाव्यापी पोषण महिना कार्यक्रमलाई सफल बनाउनको लागि सहयोग गर्ने अपील पनि गरियो।

--------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande