मुख्यमन्त्रीले पञ्जाबी बागमा पजल कार पार्किंगको उद्घाटन गरिन्, भनिन्- जामको समस्या हुनेछ कम
मुख्यमन्त्रीले पञ्जाबी बागमा पजल कार पार्किंगको उद्घाटन गरिन्, भनिन्- जामको समस्या हुनेछ कम


नयाँ दिल्ली, 25 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बिहीवार पञ्जाबी बागमा दिल्ली नगरनिगमद्वारा निर्मित पजल कार पार्किंंगको उद्धाटन तथा भारत दर्शन पार्कमा स्वचालित मल्टी-लेभल कार पार्किंगको शिलान्यास गरिन्।

मुख्यमन्त्रीले एक्स पोस्टमा भनिन्, आधुनिक पार्किंग व्यवस्थाबाट अब यस क्षेत्रमा सयकड़ौं वाहनहरूलाई एउटै परिसरमा राख्न सकिन्छ। यसबाट ट्राफिक जामकोक समस्या कम हुनेछ अनि नागरिकहरूलाई अधिक सुरक्षित, व्यवस्थित एवं सुविधाजनक पार्किंंगको सुविधा प्राप्त हुनेछ।उनले भनिन्, दिल्लीमा 100 भन्दा अधिक स्वचालित पार्किंग सिस्टम स्थापना गरी शहरलाई स्मार्ट सिटी बनाउने दिशामा थप बल दिनु नै सरकारको लक्ष्य हो।

मुख्यमन्त्रीले भनिन्, यो पहल पार्किंगंसम्म सीमित रहनेछैन, नागरिकहरूलाई एउटा यस्तो दिल्ली दिने संकल्प हो जुन सुचारु यातायात, सुरक्षित आवागमन औ आधुनिक जीवनशैलीको प्रतीक बनोस। यस अवसरमा सांसद कमलजीत सहरावत, दिल्लीका क्याबिनेट मन्त्री आशिष सुद, दिल्लीका मेयर राजा इकबाह सिंह, विधायक कैलाश गंगवाल उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande