बिहारको नालन्दा जिल्लामा इञ्जीनियरिंग कलेजकी छात्राद्वारा आत्महत्या
बिहारको नालन्दा जिल्लामा इञ्जीनियरिंग कलेजकी छात्राद्वारा आत्महत्या


पटना, 25 सेप्टेम्बर (हि.स.)। बिहारमा नालन्दा जिल्लाको चण्डी थाना क्षेत्रस्थित एक इञ्जीनियरिंग कलेजको छात्रावासको तीन तले भवनबाट हाम फालेर गए बुधवार राति सिभिल ब्राञ्चकी दोस्रो वर्षकी छात्राले आत्महत्या गरेकी छन्। मित्र छात्राहरूको भनाइ छ, ऱ्यागिंगबाट दिक्क भएर छात्राले सो कदम उठाएकी हुन्। घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।

घटनापछि छात्रावासमा कोकोहोलो मचियो। गोपालगञ्जकी निवासी मृतका सोनमकी रुममेट शिखा रगतपच्छे शव देखेर अचेत भइन्। उसलाई तुरून्त चण्डी रेफरल अस्पतालमा लगियो जहाँ प्राथमिक उपचारपछि गम्भीर अवस्था रहेको कारण शिखालाई पटना रेफर गरियो।

रूममेट शिखाले बताइन्, राति 9 बजी उसले सोनमलाई खाना खान भनेकी थिइन्। तर उसले अस्वीकार गर्दै भनेकी थिइन्, मैले भुजा खाएकी छु।

रूममेटले बताइन्, खाना खाइसकेपछि छात्रा कोठामा फर्किँदै मृतक छात्रा कोठामा थिइन। उसको ल्यापटप चलिरहेको थियो, तर फोन कलको जवाफ आइरहेको थिएन। त्यसपछि उसले छात्रावासको मुनि गएर हेर्दा छात्राको रगताम्मे शव लड़िरहेको थियो। यो दृश्य देखेर तिनी स्तब्ध भइन्।

छात्राहरूले प्राचार्यमाथि लापरवाहीको आरोप लगाएका छन्। उनीहरूको भनाइ छ, घाइते छात्रालाई समयमै अस्पताल पुऱ्याउनको लागि प्राचार्यले आफ्नो निजी वाहन उपलब्ध गराएनन्, एम्बुलेन्स अबेर गरी आएको कारण स्थिति झन् बिग्रियो। यस लापरवाहीको कारण छात्रको मृत्यु भएको हो जसले गर्दा आक्रोश झन् बढ़्यो।

चण्डी थानाध्यक्ष सुमन कुमारले बताए, पुलिसले घटनाको जाँच शुरू गरेको छ। अहिलेसम्म आत्महत्याको स्पष्ट कारण पत्तो लाग्न सकेको छैन, तर ऱ्यागिंगको सिकायतको गम्भीरतालाई मध्यनजर गर्दै सबै पाटो र पक्षको जाँच गरिँदैछ। जाँच पूरा भएपछि नै घटनाको कारणको खुलासा हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande