श्रीनगर, 25 सेप्टेम्बर हि.स.। नेशनल कन्फ्रेन्सका संरक्षक डा. फारूक अब्दुल्लाले बिहीवार भारत सरकारसित लद्दाखका मानिसहरूसित सार्थक बातचित गर्ने आग्रह गरे साथै चेताउनी पनि दिए, उनीहरूले विगत लामो समदेखिकै माग गर्दै आइरहेको मागलाई अदेखा गरिए संवेदनशील हिमाली क्षेत्रमा अशान्ति बढ़्नसक्छ।
श्रीनगरमा एक प्रेस कन्फ्रेन्सलाई सम्बोधन गर्दै फारूक अब्दुल्लाले भने, लेहमा भएको भर्खरैको हिंसक घटना वर्षौंदेखिको समाधान हुन नसकेका सिकायतहरूको सोझो परिणाम हो। उनले भने, लद्दाखीहरूले पछिल्लो पाँच वर्षदेखिकै छैटौं अनुसूचीमा सामेल गर्ने अनि राज्यको दर्जा दिने माग गर्दै आइरहेका थिए, तर उनीहरूलाई अस्पष्ट अश्वासन मात्र प्राप्त भइरहेको थियो।
अब्दुल्लाले भने, लद्दाखमा जे पनि भयो त्यो राम्रो भएन। मानिसहरूले सोनम वांगचुकको नेतृत्वमा शान्तिपूर्वक संघर्ष गरिरहेका थिए जसले गान्धीवादलाई अप्नाएका थिए, तर यसको कुनै परिणाम देखिएन। लेहका युवाहरूले आफ्नो आवाजलाई बेवास्ता गरिरहेको महसूस भएपछि उनीहरूले हिंसाको सहारा लिए।
उनले बल दिँदै भने, वांगचुकले स्वयं अहिसंको पालन गरेका थिए, तर बढ़्दो निराशाले युवाहरूलाई कारबाही गर्न प्रेरित गऱ्यो। सोनम वांगचुकले केही गरेनन्, तर लद्दाखका युवाहरूले गरे। उनीहरू आफ्नो अधिकारको लागि लड़िरहेका छन्।
नेकंका नेताले चेताउनी दिए, लद्दाखको रणनीतिक स्थितिले स्थितिलाई अझ संवेदनशील बनाइदिएको छ। चीन हाम्रो शिरमा छ। भारत सरकारले बातचित गरेर यस मुद्दालाई सुल्झाउनुपर्छ। हरेक पटक नै जब केही हुन्छ बाहिरका मानिहरूलाई दोष्याउँछ। तर हामीसित चकनाचुर भएका वाचाहरूको तितो अनुभव छ। कश्मीरसित भनिएको थियो, परिसीमन पश्चात फेरि चुनाउ गराएर राज्यको दर्जा दिइनेछ, तर केही गरिएन। लद्दाखसित पनि यस्तै विश्वासघात दोहोऱ्याइँदैछ।
उनले अन्तर्राष्ट्रिय दबावहरूको पनि उल्लेख गर्दै भने, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमा दाबी गरेका थिए, भारतले यूक्रेन युद्धलाई समर्थन गरिरहेको छ। अब्दुल्लाले भने, यो साँचो होइन। भारतले कुनै पनि युद्धलाई समर्थन गर्दैन। तर यस्तो बयानले हाम्रो क्षेत्रमा वैश्विक ध्यानकेन्द्रित भएको संकेत दिन्छ।
उनले संयम अप्नाउने आग्रह गर्दै हिंसक मार्गलाई अस्वीकार गरे। उनले भने, एनसीले कहिल्यै पनि यस्तो मार्गलाई स्वीकार गर्दैन जहाँ युवाहरूलाई कष्ट सहनु पर्छ। म हिंसा चाँहदिनँ। हामीलाई बातचित, विवेक अनि इमानदारीको खाँचो छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा