झाड़ीदेखि खेतसम्मै संग्रामः झारग्राममा दन्ते हात्तीको आतंक
झाड़ीदेखि खेतसम्मै संग्रामः झारग्राममा दन्ते हात्तीको आतंक


झाड़ग्राम, 25 सेप्टेम्बर (हि.स.)। झाड़ग्राम जिल्लाको बालीभाषा जंगलबाट लगभग 30-35 वटा हात्तीहरूको बथान गए बुधवार साँझ स्थानीय आवासीय क्षेत्रमा पस्यो। हात्तीहरूले खेत अनि धानका आलीहरूमा व्यापक उत्पात मचाए जसबाट ग्रामीणहरू भयभित भए। केही कृषकहरूको फसल नष्ट भयो। कतिपय मानिसहरू आफ्नो घर-आँगन छोड़ेर सुरक्षित स्थानहरूमा जान विवश भए।

स्थानीय मानिसहरू अनुसार अचानक हात्तीहरूको बथान गाउँभित्र पस्यो। हात्तीहरू निर्धक्क भएर खेतभित्र पसे अनि धानको फसललाई कुल्चिए। ग्रामीणहरूले बताए, हात्तीहरूलाई देखेर मानिसहरू घरभित्र लुके जसले गर्दा उनीहरू आफ्नो खेतलाई जोगाउन असमर्थ भए।

पश्चिम बंगालको दक्षिण-पश्चिमी भागमा विशेष झाड़ग्राम तथा यस वरिपरीका क्षेत्रहरूमा पछिल्लो केही वर्षदेखिको मानव-हात्ती संघर्ष हुँदै आइरहेको छ। जंगलमा भोजनको अभाव, पारम्परिक बाटोहरू भत्किनु तथा आवासीय क्षेत्रको विस्तार यसको प्रमुख कारण रहेको मानिन्छ। त्यसैले हिजोआज हात्तीहरू सोझै गाउँमा पस्छन्।

वन विभागद्वारा हुल्ला दल, निगरानी क्यामरा तथा ऱ्यापिड रेस्पोन्स टीम जस्ता व्यवस्थाहरू गरिएको भए पनि यस्ता घटनाहरूले रोकिने नाम लिरहेका छैनन्।

प्रभावित गाउँहरूमा भय व्याप्त भएको छ। कृषकहरू खेतमा रात बिताउन डराउँछन्। फसलहरूलाई ठूलो क्षति पुगिरहेको छ। तथापि जिल्ला प्रशासन र वन विभागका अधिकारीहरूले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। अहिलेसम्ममा क्षय-क्षतिको कुनै आधिकारिक रिपोर्ट प्रकाशमा आएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande