घना वर्षा पश्चात सामान्य भयो कोलकाताको जिन्दगी, अहिलेसम्ममा एघारजनाको मृत्यु
घना वर्षा पश्चात सामान्य भयो कोलकाताको जिन्दगी, अहिलेसम्ममा एघारजनाको मृत्यु


कोलकाता, 25 सेप्टेम्बर (हि. स.)। महानगर कोलकाता तथा यस वरपरका जिल्लाहरूमा गत सोमवार रातीदेखि मंगलवार अपरान्हसम्म भएको घनघोर वर्षाले जनजीवन पूर्ण रूपले अस्तव्यस्त भएको थियो। अब स्थिति बिस्तारै सामान्य भइरहेको छ, तर बिहीवारसम्ममा ज्यान गुमाउनेहरूको संख्या बढ़ेर एघार पुगेको छ। यीमध्ये नौजना मानिसहरूको करेन्ट लागेर मृत्यु भएको हो भने दुई वटा मृत्यु दक्षिण 24 परगना र अन्य जिल्लामा दर्ता गरिएको छ। सम्पूर्ण शहरमा पानीमा डुबेको थियो जुन बिहीवारसम्ममा लगभग सामान्य भएको छ।

मंगलवार भएको रेकर्ड वर्षाले शहरलाई लगभग ठप्प नै बनाइदिएको थियो। मौसम विभागानुसार 24 घण्टाभन्दा कम समयमा 251,4 मिमी वर्षा भयो जुन पछिल्लो 137 वर्षमा छैटौं सबैभन्दा ठूलो आँकड़ा हो। 1986 सालपछि पहिलो पटक यति धेरै वर्षा दर्ता गरिएको छ। यस वर्षाले केही क्षेत्रहरूलाई जलमग्न बनायो भने मुख्य सड़कहरूलाई नदीमा परिणत गरिदियो।

पाटुली, सन्तोषपुर, बालीगञ्ज, सल्ट लेक औ बिधाननगर जस्ता केही भागहरूमा गए बुधवार रातीसम्म पानी जमिएको थियो। दुर्गा पूजाका कतिपय पण्डालहरू पनि पानीमा डुबे जबकि महोत्सव शुरू हुन दुई दिन मात्र बाँकी छ। प्रशासन समक्ष सबैभन्दा ठूलो चुनौती चाड़-पर्वको मौसममा सामान्य स्थिति बहाल गर्नु रहेको छ।

वर्षाले हवाई, सड़क, रेल औ मेट्रो सेवालाई पूर्ण रूपले प्रभावित बनायो। शहरका केही स्कूल-कलेजहरूलाई बन्द गर्नु पऱ्यो साथै सरकारलाई पनि दुर्गा पूजा अगावै पूजाको छुट्टी घोषणा गर्नुपऱ्यो।

मौसम विभागले आगामी 24 घण्टामा पुनः घना वर्षा हुनसक्ने आशंकालाई अस्वीकार गरेको छैन। तथापि हल्कादेखि मध्यम वर्षा अनि कतिपय क्षेत्रमा मेघ गर्जनसितै वर्षा हुनसक्छ। आगामी शनिवार र आइतवार अर्थात षष्ठीको छेउछाव बंगालका केही भागहरूमा भारीभन्दा अति भारी वर्षा हुने सम्भावना व्यक्त गरिएको छ, किनभने नयाँ निम्न दबाव क्षेत्र निर्माण हुने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande