तमलुकको श्रीरामपुर बजारमा गोदाममा भयानक आगलागी
तमलुकको श्रीरामपुर बजारमा गोदाममा भयानक आगलागी


पूर्व मेदिनीपुर, 25 सेप्टेम्बर (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको तामलुक थाना अन्तर्गत श्रीरामपुर बजारमा गए बुधवार अबेर राति एक कबाड़ी गोदाममा अचानक आगो लाग्यो। हेर्दा-हेर्दै आगोले सम्पूर्ण गोदामलाई खरानी बनाइदियो। तथापि यस घटनामा कुनै प्रकारको मानव क्षति भएको सूचना छैन।

स्थानीय सूत्र अनुसार गोदाम मयना राज्य सड़कको किनारमा थियो। अबेर राति अचानक आगो बलिरहेको देखियो र क्षणभरमै आगोले विकराल रूप लियो। प्रत्यक्षदर्शीहरूले आशंका व्यक्त गरेका छन्, नजिकै रहेको ट्रान्सफर्मरबाट निक्लेको झिल्का सल्किएर भीषण रूप लिएको हो। घटनापछि बजार क्षेत्रमा भाग-दौड़ मचियो।

खबर पाउनसाथ तमलुक थाना पुलिस तथा दमकलको एउटा वाहन घटनास्थलमा पुग्यो। दमकल कर्मीहरूले स्थानीय मानिसहरूको सहयोगमा घण्टौंसम्म कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गरे। प्रशासनले नजिकैको घर अनि पसलहरूलाई सुरक्षित राख्नको लागि सतर्क कदम उठायो।

गोदाम पूर्णरूपले खरानी भएको छ र त्यसमा राखिएको सामान पनि जलेर नष्ट भएको छ। प्रारम्भिक मूल्यांकन अनुसार लाखौं रुपियाँको नोक्सान भएको छ। वन्यजीव विभाग तथा प्रशासनिक अधिकारीहरूले बताए, घटनाको कारण पत्तो लगाउन विस्तृत जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande