खड़गपुर, 25 सेप्टेम्बर (हि.स.)। स्वच्छता नै सेवा–2025 अभियान अन्तर्गत दक्षिण-पूर्व रेलवे खड़गपुर मण्डलमा बिहीवार राष्ट्रव्यापी पहल “एक दिन, एक घण्टा, एक साथ” अन्तर्गत व्यापक श्रमदान कार्यक्रम आयोजना गरियो।
अभियानको नेतृत्व मण्डल रेल प्रबन्धक (डीआरएम) ललित मोहन पाण्डेयले गरेका थिए। यस अवसरमा सबै प्रमुख स्टेशनहरूमा एकसाथ श्रमदानका गतिविधिहरू गरियो जसमा स्टेशन मास्टर, बुकिंग क्लर्क, टिकट निरीक्षक, आरपीएफ कर्मी, ट्र्याक संरक्षक, ग्यांगम्यान, सफाई कर्मचारी समेत ठूलो संख्यामा अग्रिम पंक्तिका रेलकर्मीहरू सामेल भए।
खड़गपुरको गोल बजार क्षेत्रमा आयोजित प्रमुख कार्यक्रममा डीआरएम श्री पाण्डेयसित अप्पर मण्डल रेल प्रबन्धक (इंफ्रा) देबजीत दास, अप्पर मंडल रेल प्रबन्धक (ऑपरेशन) मनीषा गोयल, मण्डल अधिकारीगण, कर्मचारी, एनजीओ तथा स्थानीय नागरिकहरूले भाग लिए। यस अवधि बजार क्षेत्र, सम्पर्क मार्ग तथा सार्वजनिक स्थलहरूको सर-सफाई गरियो।
यसरी नै स्वच्छता अनि जन-जागरूकता अभियान सन्तरागाछी, शालीमार, मेचेदा, पाँसकुड़ा, तमलुक, बारिपदा, बंगरीपोसी, झाड़ग्राम, बालेश्वर समेत मण्डलका सबै स्टेशनहरूमा संचालन गरियो। अभियान अवधि मैला-कुचैलाको पृथक्करण, एकल-प्रयोग प्लास्टिकमा अभाव तथा रेलवे परिसर तथा वरपरका क्षेत्रहरूमा स्वच्छतालाई कायम राख्ने महत्वमाथि पनि बल दिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा