जुबिनका सहयोगी शेखर ज्योति गोस्वामीको घरमा एसआईटीको छापा
जुबिनका सहयोगी शेखर ज्योति गोस्वामीको घरमा एसआईटीको छापा


गुवाहाटी (असम), 25 सेप्टेम्बर (हि.स.)। विशेष जाँच दल (एसआईटी)-ले बिहीवार शेखर ज्योति गोस्वामीको लंकेश्वर, जालुकबारीस्थित आवासमा छापा माऱ्यो। गोस्वामी जो दिवंगत गायक जुबिन गर्गसित सिंगापुर गएका थिए अनि घटनास्थलमा उपस्थित थिए, जुबिनको मृत्यु भएदेखि नै जाँचको घेरोभित्र परेका छन्।

घटना घटेको तुरून्तपछि देखि नै गोस्वामीको भूमिकामाथि प्रश्न उठेको थियो। जुबिनको नश्वर शरीरलाई गुवाहाटीमा ल्याउँदा तिनी चुपचापसितले आफ्नो आवासमा गए अनि तबदेखि नै आफ्नो घरमा छन्। यसपूर्व गोस्वामीको एक भाइरल च्याटको स्क्रीनशट चर्चामा आएको थियो जसमा जुबिन फ्यान क्लबका महासचिवसित केही विवादित कुराहरू गरेका छन्।

यो विवाद अझ फैलिँदै गयो जतिबेला सिद्धार्थ शर्माको सम्पत्तिको सूची अनि जुबिनसित कथित शोषण गरिएको कुरा उजागार भयो। तथापि गोस्वामीले मीडियामा आफूलाई निर्दोश बताउँदै सबै आरोपहरूलाई खारेज गरेका थिए। जाँच एजेन्सी अब उनको नजिकमा पुगिरहेको छ। सूत्रानुसार बिहीवार भएको छापामारीमा उनलाई पक्राउ गर्ने सम्भावना प्रबल छ। यसबीच एसआईटीले श्यामकानु महन्तको गीतानगर, कार्बी पथस्थित आवासमा छापा मारेको बताइन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande