मणिपुरमा दुई उग्रवादी तथा हतियार तस्कर पक्राउ, आईईडी बनाउने सामग्री जफत
मणिपुरमा दुई उग्रवादी तथा हतियार तस्कर पक्राउ, आईईडी बनाउने सामग्री जफत


इम्फाल (मणिपुर), 24 सेप्टेेम्बर (हि.स.)। मणिपुर पुलिसले बितेको 24 घण्टाभित्रमा तीन वटा जिल्लामा संचालित समन्वित अभियानको क्रममा प्रतिबन्धित संगठनसित आबद्ध तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ। आरोपीहरूबाट हतियार, गोला-बारूद तथा विस्फोटक बनाउने सामग्री पनि जफत गरिएको छ।

पुलिस प्रवक्ताले आज बताए, सबैभन्दा महत्वपूर्ण पक्राउ 48 वर्षीय कंगजम राकेश सिंहसित सम्बन्धित रहेको छ। इम्फाल ईस्टको ब्रह्मपुर बामुनि लिकाई निवासी सिंहलाई मोइरांगखोम ओल्ड थुम्बुथोंग माखोंग क्षेत्रबाट पक्राउ गरिएको हो। जाँच गर्दा उसको कब्जाबाट एउटा 9 एमएम पेस्तल, म्यागजिन र जिउँदो कारतूस जफत गरियो। यसले सक्रिय हतियार तस्करीको नेटवर्क तर्फ संकेत गर्दछ।

यसरी नै पुलिसले दुईजना सक्रिय उग्रवादीहरूलाई अलग-अलग स्थानबाट पक्राउ गऱ्यो। इम्फाल वेस्टको बीटी पार्क क्षेत्रबाट 19 वर्षीय नाओरेम अभिनाश सिंहलाई पक्राउ गरियो जो प्रीपाक संगठनका सदस्य हुन् र हालैमा कांकचिंग क्षेत्रमा 5 हजार रुपियाँ असुल गरेको आरोप छ। अर्कोतिर बिष्णुपुर जिल्लाको त्रोंग्लाओबी क्षेत्रबाट आरपीएफ/पीएलएका 45 वर्षीय क्याडर सलाम किपजेन सिंहलाई हिरासतमा लिइयो। उबाट मोटर साइकल र सञ्चार उपकरण जफत गरियो।

काकचिंग जिल्लाको कैबुंग क्षेत्रमा भएको छापामारीमा पुलिसले भारी मात्रामा बम बनाउने सामग्री जफत गऱ्यो जसमा 470 ग्राम टीएनटी, एउटा इलेक्ट्रिक डेटोनेटर, धातुको कन्टेनर, छर्रा र केही किलो आईईडीको पुर्जा सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande