जङ्गु ब्लकका सबै जीपीयूहरूमा वृहत घरदैलो जागरुकता एवं संवेदीकरण कार्यक्रम सम्पन्न
जङ्गु ब्लकका सबै जीपीयूहरूमा वृहत घरदैलो जागरुकता एवं संवेदीकरण कार्यक्रम सम्पन्न


गान्तोक, 25 सेप्टेम्बर (हि.स.)। स्वच्छता ही सेवा अभियान 2025 अन्तर्गत बुधवार जङ्गु ब्लकका सबै सातवटा जीपीयूहरूमा सफतापूर्वक वृहत घरदैलो जागरुकता एवं संवेदीकरण कार्यक्रम सम्पन्न गरियो। यस अभियानको शुभारम्भ क्षेत्र विधायक तथा मन्त्री पिन्चो नामग्याल लेप्चाले गत 17 सेप्टेम्बर, 2025 का दिन पासिङदाङ बीएसीबाट गरेका थिए।

बीडीओ, जङ्गुद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, महिला एवं बाल विकास विभागको सक्रिय तत्वावधानमा स्वच्छता र दिगो फोहोर प्रबन्धनका सिद्धान्तहरू प्रवर्द्धनका लागि प्रत्येक घरसम्म पुग्न आंगनवाडी कार्यकर्ताहरू र सहयोगीहरूलाई परिचालन गरिएको थियो। यस अभियान अन्तर्गत स्रोतमा फोहोर छुट्याउनु, तीन-बिन प्रणाली अपनाउनु, र वैज्ञानिक निपटान मानक सञ्चालन प्रक्रियाहरूको पालनमाथि जोड दिइएको थियो।

दिनभरि चलेको यस अभ्यासमा समुदायको उत्साहजनक सहभागिता देखियो, जसले गर्दा ब्लकभरि व्यापक कभरेज सुनिश्चित भयो। यस्ता आवधिक तृणमूल पहलहरूले जनचेतनालाई मात्र बलियो बनाउँदैनन्, तर राज्यको ओडीएफ प्लस मान्यतालाई कायम राख्ने सिक्किम सरकारको अभियानमा आधारशिलाको रूपमा पनि काम गर्छन्।

यो सामूहिक प्रयासले नागरिकहरूको दैनिक अभ्यासमा सरसफाई, स्वच्छता र पर्यावरणीय दिगोपनलाई समावेश गर्ने सरकारको अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जसले गर्दा सफा, स्वस्थ र थप लचिलो समाजको दृष्टिकोणलाई सुदृढ बनाउँछ भनी विज्ञप्तिमा जनाइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande