प्रय़ागराज- जूनियर डाक्टरसित भएको कुटपीट मामिलामा तीन पक्राउ
प्रय़ागराज- जूनियर डाक्टरसित भएको कुटपीट मामिलामा तीन पक्राउ


प्रय़ागराज, 25 सेप्टम्बर (हि.स.)। स्वरूपरानी नेहरू चिकित्सालयका जूनियर डाक्टरसित भएको कुटपीट मामिलामा पुलिसले तीन दबंगहरूलाई पक्राउ गरेको छ। यद्यपि, एसआरएनका डाक्टर आफ्नो काममा फर्केका छन्। यो जानकारी पुलिस उपायुक्त नगर मनीष कुमार शांडिल्यले दिए।

उनले बताए, एसआरएनका जूनियर डा. अनुरागसित मारपीट गर्ने आरोपीहरूमध्ये तीन युवकलाई पक्राउ गरिएको छ। पक्रा परेका आरोपीहरूमा प्रयागराजको कसेरूआकला सहसों निवासी शान्तनू, कौशाम्बी निवासी दिव्यांशु मिश्रा र शीर्ष केसरवानीलाई पक्राउ गरिएको छ। पुलिस टीम यस मामिलामा अन्य आरोपीहरूलाई खोज्नमा जुटेको छ। छिट्टै नै अन्य आरोपीहरूलाई पनि पक्राउ गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande